बंगलादेशमा भीषण वर्षा, ३५ को मृत्यु

बंगलादेशमा भीषण वर्षा, ३५ को मृत्यु

ढाका : दक्षिणपूर्वी बंगलादेशमा भारी मनसुनी वर्षाका कारण ३५ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् । यस प्रकोपमा प्रायः पहिरोमा पुरिएर मृत्यु भएको छ । प्रहरीका अनुसार मृतकको संख्या बढ्ने अनुमान रहेको छ ।

आपत्कालीन उद्धारकर्ता भीषण वर्षा प्रभावित दुर्गम इलाकामा गएका र उनीहरू टेलिफोन र यातायात सम्बन्ध नभएको हुनाले सम्पर्क हुन सकेको छैन । उद्धारकार्य निकै रफ्तारका साथ जारी रहेको प्रकोप व्यवस्थापन विभागका प्रमुख रेआज अहमदले एएफपी समाचार समितिलाई बताएका छन् । सोमबार बिहानबाट भएको भारी वर्षाबाट रंगामती र बन्दरबान दुईवटा जिल्ला निकै प्रभावित भएका छन् । मृतकहरूको संख्या पनि यी दुई जिल्लामा नै बढी भएको बताइएको छ । रंगामतीमा चारजना सैनिकको पनि मृत्यु भएको छ ।

भीषण रूपमा परेको मनसुनी वर्षाका कारण रंगामतीमा १३.५ इन्चसम्म पानी जमेको र अझै पनि पानी पर्ने क्रम नरोकिएको मौसम अधिकारी बज्लुर रसिदले बताए । भारी मनसुनी वर्षाका कारण राजधानी ढाका र चटगाउँसमेत प्रभावित भएको र केही घण्टा यातायातसमेत अवरुद्ध भएको छ । भूस्खलन र वर्षाबाट अत्यधिक प्रभावित हुनेमा ग्रामीण क्षेत्र छन् ।

उद्धारकर्मी निकै प्रभावित क्षेत्रमा पुगेको सरकारले जानकारी दिएको छ । बंगलादेशमा केही दिनअघि मोरा आँधी आएको थियो । दक्षिणी क्षेत्रबाट आएको उक्त आँधीमा तीन ८ भन्दा बढीको मृत्यु भएको थियो भने ३ लाखभन्दा बढी व्यक्ति आफ्ना वासस्थान छोडेर सुरक्षित स्थलतर्फ शरण लिन पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.