प्रहरीकै हतियार खोसी आक्रमण

प्रहरीकै हतियार खोसी आक्रमण

म्युनिख : जर्मनीको म्युनिख शहरस्थित एक रेलवे स्टेशनमा मंगलबार भएको गोली प्रहारमा कैयौं व्यक्ति घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई हिरासतमा लिएको छ ।

प्रहरीले ट्विट गर्दै भनेको छ, ‘बवारियन शहरको उन्तेरफोएहरिङ उपनगरमा रेलवे स्टेशन बाहिर भएको गोली प्रहारमा कैयौं घाइते भएका छन् । एक महिला प्रहरी अधिकारी गम्भीर घाइते भएकी छन् ।' प्रहरीले घटनास्थललाई सुरक्षित राख्न सफल भको जानकारी दिइएको छ । प्रहरीका प्रवक्ता माक्र्स डा ग्लोरिया मार्टिन्‍सले आक्रमणका पछाडि राजनीतिक वा धार्मिक कारण नभएको दाबी गरेका छन् ।

उनले भने, ‘एकजना पुरुष षड्यन्त्रमा संलग्न भएको भेटिएको छ । ऊ व्यक्तिगत कारणले आक्रमणमा उत्रिएको हो ।' आक्रमणकारीले प्रहरी अधिकारीमाथि चल्दै गरेको रेलबाट आगो फ्याँकेको मार्टिन्सले बताए । त्यसपछि प्रहरी अधिकारी र ती व्यक्तिबीच भिडन्त सुरु भएको थियो । यसै क्रममा ती आक्रमणकारीले महिला प्रहरी अधिकारीको हतियार खोसे र गोली प्रहार गर्न सुरु गरेका थिए ।

उनले प्रहार गरेको गोली प्रहरी अधिकारीको टाउकोमा लागेको थियो । उक्त आक्रमणमा अन्य दुईजना गम्भीर घाइते भएका छन् । स्थानीय अस्पतालमा उनीहरूको स्वास्थ्योपचार भइरहेको छ । आक्रमणकारी पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ । सुरक्षाकर्मीले घटनास्थल वरपरका क्षेत्रमा घेराबन्दी गरेका छन् ।

गत वर्ष जुलाईमा डेभिड अली सोनबोली नामक १८ वर्षीय एक आक्रमणकारीले म्युनिखस्थित एक सपिङ मलमा आक्रमण गर्दा ९ जनाको ज्यान गएको थियो । मार्चमा पनि एक आक्रमणकारीले पश्चिमी शहर ड्यूसेल्डोर्फमा रेलवे स्टेशनमा बन्चरोले आक्रमण गर्दा ९ जना गम्भीर घाइते भएका थिए । गत डिसेम्बरमा आक्रमणकारीले बर्लिनमा एक क्रिसमस बजारमा मानिसहरूमाथि ट्रक चलाउँदा १२ जना मारिएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.