जोयना मिस दमक

जोयना मिस दमक

दमक : २० जना प्रतिस्पर्धीलाई उछिन्दै मिस दमकको टाइटल जोयना लिम्बूले हात पारेकी छन् । एड लिंक एडभरटाइजिङ दमकले आयोजना गरेको मिस दमक-२०१७ को उपाधि लिम्बूले हात पारेकी हुन् । उपाधिसँगै उनले नगद ५० हजारसहित क्राउन र ट्रफीसमेत जितेकी छन् ।

फस्ट रनरअप एजिना सिटौला भइन् । उनले नगद ३० हजार, ताज र ट्रफि हात पारिन् । सेकेन्ड रनरअपको उपाधि भने दीपा कटवालले जितेकी छन् । उनले नगद २० हजार, ताज र ट्रफी प्राप्त गरिन् ।

२० जना प्रतिस्पर्धीबाट टप ६ छानिएको थियो । टप ६ मा परेका सबैले विभिन्न उपाधि जितेका छन् । पब्लिक च्वाइसमा सोफिया गुरुङ, मिस चार्मिङमा रचना बोहोरा र मिस ट्यालेन्टमा बीना श्रेष्ठले उपाधि जिते । तिनैजनाले नगदसहित ट्रफी प्राप्त गरेका छन् । यो मिस दमकको दोस्रो संस्करण हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.