राष्ट्रसंघका महासचिव अफगानिस्तानमा

राष्ट्रसंघका महासचिव अफगानिस्तानमा

काबुल : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनीओ गुटेरेस अफगानिस्तानको राजधानी काबुल आइपुग्नु भएको छ । आकस्मिक भ्रमणका क्रममा उहाँ बुधबार बिहान काबुल आइपुग्नुभएको अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले जानकारी दिएको छ ।‘

राष्ट्रसङ्घीय महासचिव एन्टोनीओ गुटेरेस आज काबुल आइपुग्नुभएको छ, उहाँलाई अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेषदूत तादामिची यामामोतोले स्वागत गर्नुु भयो,’ अफगानिस्तानस्थित राष्ट्रसङ्घीय मिसनद्धारा बुधबार बिहान जारी विज्ञप्तीमा जनाइएको छ ।

महासचिवको यस भ्रमणले अफगान जनताप्रति राष्ट्रसङ्घको सहानुभूती झल्काउने र अफगानिस्तानले केही वर्षयतादेखि भोगिरहेको गृहयुद्धको चुनौतीको सामना गर्न सहयोग पुग्ने राष्ट्रसङ्घको तर्फबाट जारी सो विज्ञप्तिमा जनाइएको छ । यामामोतोले भन्नुभएको छ यो भ्रमणले अफगानिस्तानप्रति राष्ट्रसंघको प्रतिबद्धतालाई पनि झल्काउने बताउनुभयो ।

राष्ट्रसङ्घले अफगानिस्तानलाई शान्ति प्रक्रियाका लागि सघाउने, पछाडि परेका समुदायलाई प्रवद्र्धन गर्ने र सहयोगको पर्खाइमा रहेकाहरुलाई भविष्यमा पनि सघाउने कार्यका लागि भ्रमण उपयोगी हुने अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख छ । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.