‘प्रेमगीत २’ चलचित्रका क्लाइमेक्स तस्बिर सामाजिक सञ्जालमा भाइरल

‘प्रेमगीत २’ चलचित्रका क्लाइमेक्स तस्बिर सामाजिक सञ्जालमा भाइरल

काठमाडौं : साउन १३ गते रिलिज मिति तोकिएको चलचित्र ‘प्रेमगीत २’ का क्लाइमेक्स तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्।

अभिनेता प्रदिप खड्काले चलचित्र निर्माण युनिटकै कुनै सदस्यले तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेको र भाइरल हुँदै गएको आशंका गरेका छन्।

सार्वजनिक भएका तस्बिरमा चलचित्र निर्माता सन्तोष सेन र अभिनेता खड्का फरक रुपमा देखिएका छन्। निर्माता सेनले यसअघि आफूले चलचित्रमा अभिनय गरेको नर्कादै आएपनि सार्वजनिक भएका तस्बिरले उनले डेब्यू गरेको प्रमाणित भएको छ।

रामशरण पाठकले निर्देशन गरेको चलचित्र ‘प्रेमगीत २’ मा प्रदिप खड्का र अश्लेषा ठकुरीले मुख्य भूमिकामा अभिनय गरेका छन्। निर्माण पक्षले महत्वपूर्ण मानेका तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि निर्माण पक्ष चलचित्रको प्रचार नयाँ शैलीमा गर्ने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.