जनमतको अपमान

 जनमतको अपमान

असफलता नै सफलताको प्रतीक हो । अमेरिकाको इतिहासमा पनि प्रख्यात राष्ट्रपति अब्राहम लिंकनले पनि धेरै हार खानुपरेको थियो, जसले अन्ततः राष्ट्रपतिमा निर्वाचित भएर दास प्रथाको अन्त्य गरेका थिए । त्यसैगरी जर्ज डब्लू बुस कांग्रेस सदस्य पदको लागि पार्टीका आन्तरिक चुनावमै पराजित भएका थिए, तर पछि दुईपटकसम्म टेक्सास राज्यको गभर्नरमा निर्वाचित भए । उनी दुई कार्यकालको लागि अमेरिकाको राष्ट्रपतिमा पनि निर्वाचित भए ।

त्यसैगरी रोनाल्ड रेगन पनि पहिलोपटक राष्ट्रपतिको उम्मेदवार छनोट गर्ने प्रक्रियामा पार्टीभित्रकै आन्तरिक निर्वाचनमा हार खाएका थिए, तर पछि राष्ट्रपतिमा विजयी बने । उनी पनि दुईपटकसम्म राष्ट्रपतिमा निर्वाचित भए । रिचर्ड निक्सन पनि दुई कार्यकाल उपराष्ट्रपति भएर आइसन हाउवार्डसँग सहकार्य गरी सन् १९६० मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार छनोट भई जोन अफ केनेडीसँग ठूलो अन्तरले पराजय भोगेका थिए ।

गभर्नरमा समेत निर्वाचन लडेर हार खानुपर्‍यो, तर पनि हरेस खाएनन् अन्ततः पुनः राष्ट्रपतिको उम्मेदवारमा निर्वाचित भएर रिपब्लिकन पार्टीबाट राष्ट्रपति निर्वाचनमा लडेर विजय हासिल गरे, दुई कार्यकालसम्म राष्ट्रपतिमा निर्वाचित भए । अमेरिकी इतिहासमा दुईपटक उपराष्ट्रपति र दुईपटक राष्ट्रपतिमा निर्वाचित हुने व्यक्ति रिचर्ड निक्सन मात्रै हुन् । तर वाटरगेट काण्डमा अमेरिकी कंग्रेसमा भारी मतले महाभियोग प्रस्ताव ल्याउने हल्लासँगै उनले उपराष्ट्रपति जेराल्ड फोर्डलाई राष्ट्रपति पद सुम्पेर राजीनामा गरे ।

निर्वाचनमा पराजित लज्जा वा बन्देज हुन सक्दैन । धेरैपटक एउटै पदमा रहेर हार खानेहरू र नैतिक पतन भएका व्यक्तिहरू युरोप, अमेरिकातिर पुनः चुनावमा फर्केको पाइँदैन । फर्कने जमर्को गर्नेहरू जनताबाट नराम्ररी पराजित भएका छन् । जस्तै- राष्ट्रपति जिम्मी कार्टरका उपराष्ट्रपति मन्ड्याल रोनाल्ड रेगनसँग राष्ट्रपतिमा पराजय भोगिसकेका व्यक्ति थिए, तर उनले पुनः सिनेटमा निर्वाचन लडे ।

तर मिनेसोटा राज्यका जनताले उनलाई पराजित गरे । एउटा जिम्मेवार पदमा रहेर काम गरेपछि लगातार निर्वाचित भई कार्यकाल पूरा गरेपछि वा प्रथम कार्यकालपश्चात् पराजय भोगेपछि युरोप-अमेरिकातिर सोही पदको लागि उम्मेदवार बनेर निर्वाचन लड्ने गरेको पाइँदैन । नैतिकताको कारण पद त्याग गर्नुपरेकाहरू पनि राजनीतिमा फेरि फर्केको र बेलाबखत सञ्चारमाध्यममा समेत बोल्ने गरेको पाइँदैन । तथापि पदमा कहिल्यै नपुगेको व्यक्तिले बारम्बार हार बेहोरिरहँदा पनि निर्वाचन लडिरहनु उसको सफल हुने प्रयत्न र सपना पूरा गर्ने अठोट मान्नुपर्छ ।

एक भोट मात्र किन नहोस्, प्रजातान्त्रिक ढंगले भएको बहुदलीय प्रतिस्पर्धामा भाग लिएर निर्वाचन परिणाम स्विकार्नु प्रजातान्त्रिक अभ्यास मात्र होइन, सभ्यता पनि हो । सत्ता र शक्तिको फेरबदल गर्न वा मुलुकको बागडोर हातमा लिन आन्दोलन, क्रान्ति, विद्रोह र रक्तपातपूर्ण युद्ध पनि भएका छन् । नेपाल पनि त्यसबाट अछुतो रहेन । सत्ता र शक्ति बन्दुकको नालमा हुन्छ भन्ने मान्यतामा विश्वास नगर्नेहरू जति हार खाए पनि निर्वाचन प्रक्रिया र प्रतिस्पर्धालाई नै मान्यता दिन्छन् । अझै पनि नेपाली मतदाता परिपक्का भइसकेका छैनन् ।

पुरानालाई होइन, नयाँ र काम गर्ने प्रतिबद्धता गर्नेलाई विश्वास गरी मतदान गर्ने भन्ने सिद्धान्तले काम गर्न सकेको छैन अझै । दलको ट्रेडमार्कको नाममा जसलाई पनि मतदान गर्ने संस्कृति अन्त्य हुनैपर्छ ।

जनचेतनाको पनि अभाव छ । कतिपय व्यक्ति मतदान केन्द्र पुगेर मतपत्र लिएपछि पनि हड्बडाएर छाप लगाउन अत्तालिन्छन् । त्यसैले त राजधानीमा धेरै मत बदर भए, यसपटकको निर्वाचनमा । कतिपयले त मतपत्रमा सबैभन्दा अगाडि र माथि भएका चिह्नमा मात्र छाप हान्ने गरेको अनुभव छ । त्यसो गर्दा ठूला पार्टीहरूलाई फाइदा पुग्ने गरेको छ ।

परिपक्व र जनचेतना भएका मतदाता भन्नेहरू पनि मत आफ्नो र हाम्रो पार्टीलाई मतदान गर्ने गर्छन्, पात्र र प्रवृत्तिप्रति कुनै चासो हुँदैन । पुरानालाई होइन, नयाँ र काम गर्ने प्रतिबद्धता गर्नेलाई विश्वास गरी मतदान गर्ने भन्ने सिद्धान्तले काम गर्न सकेको छैन अझै । दलीय व्यवस्था राम्रो हो, तर दलको टे«डमार्कको नाममा जस्तालाई पनि मतदान गर्ने संस्कृति अब अन्त्य हुनैपर्छ ।

निर्वाचनमा एउटा पदको लागि धेरैजना उठ्ने गर्छन् । कोही दलीय कोटाबाट हुन्छन् भने कोही स्वतन्त्र । तर जित्ने एक व्यक्तिले हो, हार्नेले पाएको मतको पनि सम्मान गर्न जान्नुपर्छ । हार्नेलाई मतदान गर्ने पनि जनता जनार्दन नै होइनन् र ? हार्नेको अपमान जनताको अपमान होइन र ? इमानदारीपूर्वक भन्ने हो भने निर्वाचन आयोगले मत गन्दा स्वतन्त्र र सानो पार्टीप्रति हेपाहा प्रवृत्ति हेर्ने प्रवृत्ति छ । आयोग पनि ठूला पार्टीकै पक्षमा देखिन्छन् । यो आयोगलाई लगाइएको आक्षेप नभई भर्खरै सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा देखिएको यथार्थ हो । यसपटक त मतगणना गर्न दलका प्रतिनिधि वा स्वतन्त्र उम्मेदवारको उपस्थितिको मुचुल्का बनाइएको पनि जानकारी भएन ।

मतगणना छिटोछरितो नभएकाले पनि लामो समयसम्म सबै उम्मेदवारले आफ्ना प्रतिनिधि राख्न सकेनन् । पंक्तिकार पनि उम्मेदवार भएको थियो, तर मतगणना स्थलमा कुनै पनि मुचुल्कामा हस्ताक्षर गर्न लगाइएन । स्वतन्त्र उम्मेदवारलाई कतिसम्म तिरस्कृत गरियो भने सबै उम्मेदवारलाई कसरी बोलाएर साध्य लाग्छ समेत भनियो । सभागृहबाट माइक गरेर मत गर्न थालिएको जानकारी दिइयो । त्यसो भए किन उम्मेदवारी फाराममा मोबाइल नम्बर राख्न लगाइयो ? सम्पर्क नगर्ने भए त्यसको के अर्थ भयो ? यही मान्यताको विकास गर्ने हो भने जनताको मतको केही अर्थ रहन्छ र ? सत्ता र शक्तिको मात्र पछि लाग्ने हो भने समाजमा जनताको कदर हुन्छ भनेर कसरी विश्वास गर्ने ?

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.