यौनदासीबारे नयाँ माग

यौनदासीबारे नयाँ माग

सोल : दक्षिण कोरियाको सत्तारुढ दलले जापानले दोस्रो विश्वयुद्धका समयमा राखेको भनिएको यौनदासीका सम्बन्धमा नयाँ सम्झौताको माग गरेको छ । कोरियाले त्यस सम्बन्धमा बुधबार नयाँ धारणा सार्वजनिक गर्दै यस्तो माग गरेको हो । दोस्रो विश्वयुद्धका समयमा जापानी सैनिक सिपाहीले कोरियाली माहिलालाई बन्धक बनाई यौनदासी राखेको दाबी कोरियाले गर्दै आएको छ ।

यसरी युद्धका बेला महिलामाथि गरेको यो अमानवीय व्यवहारका लागि जापानले ती दासीका परिवार र कतिपय जीवितलाई पनि उनीहरूको चित्तबुझ्नेगरी आम रूपमा माफी मागी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएको छ । यस विषयमा हुनत सन् २०१५ मा पनि एक खालको सहमति भएको थियो । तैपनि सो सहमतिमा यौनदासीसँग र कोरियासँग माफी माग्नुपर्नेमा त्यसो हुन सकेको थिएन ।

कोरियाको सत्तारुढ दल डेमोक्रेटिक पार्टीका अध्यक्ष चु मिएले यसअघि अर्थात् सन् २०१५ मा जे जस्तो सहमति भएको थियो अहिले त्यसो हुन नसकेकाले अब जापानले कोरियाको मागअनुरूप नै गर्नुपर्नेमा जोड दिएका छन् । त्यस समयमा यौनदासी राखिएका महिला अहिले ८० वर्ष र त्योभन्दा केही बढीको उमेरका पुगेका छन् । उनीहरूले जापान सरकारसँग विगत लामो समयदेखि नै आफ्नो माग राख्दै आएका छन् ।

उनीहरूले जापान सरकारले आफूहरूसँग माफी माग्नुपर्ने र आफूहरूले मागेजति क्षतिपूर्ति दिनुपर्ने माग पनि गर्दै आएका छन् । त्यसै मागलाई सम्बोधन गरेको भन्दै जापानले पनि सन् २०१५ मा क्षतिपूर्तिको सहमति गरेको थियो । यद्यपि क्षतिपूर्ति पूरा नभएको उनीहरूको भनाइ छ । ती महिलाले सन् १९९२ देखि नै हरेक बुधबार प्रदर्शन गर्दै आएका छन् । उनीहरूले यस्तो प्रदर्शनलाई हरेक बुधबार निरन्तर रूपमा गर्ने गरेका छन् ।

यो प्रदर्शनलाई विश्वकै सबैभन्दा लामो समयदेखि कायम राखेको विरोध प्रदर्शनको रूपमा लिइन्छ । हरेक बुधबार उनीहरूले सोलमा रहेको जापानी दूतावासको बाहिर प्रदर्शन गर्ने गर्दछन् । —रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.