कटरिन रुँदा सलमान हाँसे !

कटरिन रुँदा सलमान हाँसे !

बलिउड अभिनेत्री कटरिना कैफले सलमान खानले उनको जिन्दगीमा अहम् भूमिका निभाएको बताएकी छिन् । हालै एक अन्तर्वार्तामार्फत उनले भनेकी छन्, ‘सलमानले हरकदम प्रोत्साहन गरेका छन् ।'कडा परि श्रम गर्न सुझाएको र हरेक अवस्थामा उनको साथ पाएको पनि उनले उल्लेख गरेकी छन् ।

फिल्मफेयर म्याग्जिनलाई दिएको अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘एकपटक म सलमान खानको अगाडि बेस्सरी रोएँ, तर त्यतिखेर सलमान खुब हाँसे ।'त्यतिबेला आफूलाई सलमान एकदमै स्वार्थीजस्तो लागेको पनि उनले खुलाएकी छन् ।कटरिना त्यो समयमा अनुराग बसुको फिल्म ‘साया'मा जोन अब्राहमको अपोजिट भूमिका गरिरहेकी थिइन् । उनी भूतको रोलमा थिइन् र साइलेन्ट सिन लिइरहेको तर दुई दिन छायांकन गरिएपछि उनलाई फिल्मबाट निकालिएको थियो ।

‘निकालिएपछि जब म रोइरहेको थिएँ, त्यतिबेला सलमान बेस्सरी हाँसेका थिए', कटरिनाले भनेकी छन्, ‘मलाई उनी एकदमै बेमतलवी लागेको थियो ।'
त्यही दिन सलमान खानसँग आफ्नो चिनजान भएको उनले बताएकी छन् । चिनजानपछि सलमानले उनलाई ढाडस दिँदै भनेका थिए, ‘यो त केही होइन । तिमी आफूले आफूलाई विश्वास गर र कडा परि श्रममा केन्द्रित होऊ ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.