मनिषा कोइराला वाग्मती सफाई अभियानको दूत
काठमाडौं : अभिनेत्री मनिषा कोइराला वाग्मती सफाई अभियानको सद्भावना दूत बन्नुभएको छ । नेपाल सरकार सहकारी विकास मन्त्रालायले वाग्मती सफाई अभियानलाई अझ सबल तुल्याउने उद्देश्यले कोइरालालाई सद्भावना दूतमा नियुक्त गरेका हो ।
यही शनिबार थापाथलीको वाग्मती पुलमा आयोजना हुने वाग्मती सरसफाई अभियानको २१४ औं श्रृंखलाको कार्यक्रममा अभिनेत्री कोइरालाले औपचारिक रुपमा बाग्मती सफाई अभियानको निरन्तरताको सुरुवात गर्दै हुनुहुन्छ ।
स्वयंसेवा र वातावरण संरक्षणको रुपमा देशैभरि फैलिएको अभियनामा अभिनेत्री कोइरालाको सहभागिताले थप उर्जासहित सकारात्मक बल पुग्ने अभियान्ता टंक आचार्यले बताउनुभयो ।