ज्येष्ठ नागरिकलाई हेप्नेका विरुद्ध !
केही दिनअघिको एक राष्ट्रिय दैनिकमा खबर छापियो । समाचारमा लेखिएको थियो, ‘छोरोद्वारा बञ्चरो प्रहार गरी बाबुको हत्या ।' समाचारको शीर्षकले नै धेरै मानिसलाई झसँग बनाउन सक्छ । बनायो पनि होला । यो घटना सत्य थियो । केही वर्षयता यस्ता नमीठा घटना देशभर बढ्दै गएका छन् ।
तराई, पहाड, हिमाल भनेर भौगोलिक सीमा छुट्याउन मिल्दैन यस्ता घटनामा । घटना कस्ता घरमा घट्ने गर्छन् भन्ने कुरा पनि निश्चित छैन । अर्थात्, धनीका घरमा पनि हुन्छन्, मध्यमवर्गमा पनि र गरिब घरपरिवारमा पनि हुने गर्छन् । पढेका होउन् वा नपढेका मानिसका घरमा ज्येष्ठ नागरिकमाथि हिंसा र दुव्र्यवहार हुने गरेका छन् । आफ्नै हजुरबा-हजुरआमा र बुबा-आमालाई कुट्ने, पिट्ने अथवा दुव्र्यवहार गर्ने चलनले चिन्ता थपेको छ ।
देशकै सबैभन्दा ठूलो पशुपति वृद्धा श्रममा गएर एकआधा घण्टा त्यहाँका ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा थाहा हुन्छ, त्यहाँ आएका करिब दुई सय ज्येष्ठ नागरिकहरू कस्ताकस्ता घर छाडेर आएका छन् । खान नपुग्ने घरबाट निःसहाय र असहाय वृद्धवृद्धा पनि छन्, डाक्टर र इन्जिनियरका घरबाट निकालिएका बूढाबूढी पनि आ श्रय लिएर बसेका छन् । पशुपति वृद्धा श्रम त उदाहरणमात्र हो, देशका अन्य वृद्धा श्रममा पनि यस्ता बूढाबूढीहरू भेट्न सकिन्छ । जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकमाथि किन हुन्छ यस्तो दुव्र्यवहार ? किन हुन्छ अमानवीय कार्य ? किन बनिरहेका छौं हामी छोराछोरीहरू यति निष्ठुरी र क्रूर?
नेपालमात्र होइन विश्वका हरेक देशका ज्येष्ठ नागरिक यो मामलामा पीडित छन् । ज्ञानका भण्डार, अनुभवका खानी, इतिहास र ऊर्जाका स्रोत आदि भनेर बूढाबूढीलाई बढाइचढाइ गरे पनि सम्मानसाथ पाल्ने, हेरचाह गर्ने, सँगै राख्ने, ज्ञान र अनुभवको सम्मान गर्ने र सुन्ने, बूढाबूढीमा साहस र उत्साह भर्ने काममा भने नचिताएको ढंगले क्षयीकृत भइरहेको छ । अझ शारीरिक, मानसिक, आध्यात्मिक धार्मिक तथा मनोवैज्ञानिक खालका हिंसाहरूले हाम्रा बाबुआमा बढी प्रताडित छन् । हिंसा सहन नसकेर कैयौं ज्येष्ठ नागरिकले आत्महत्या गर्ने चलनसमेत बढ्दै गएको छ । ‘उमेरगत दृष्टिले वर्षभरिका आत्महत्याका तथ्यांक केलाउने हो भने ज्येष्ठ नागरिकको संख्या पनि उल्लेख्य छ । यो प्रवृत्ति वर्षैपिच्छे बढ्ने क्रममा छ', मनोविज्ञानका जानकार डा. नरेन्द्र ठगुन्नाको भनाइ छ ।
अति विकसित देशमा पनि ज्येष्ठ नागरिकहरू दुव्र्यवहारको सिकार हुने गरेका छन् । त्यहाँ पनि आफ्ना बाबुआमालाई वृद्धा श्रममा राखेर आफू देशाटन, विश्वभ्रमण वा यस्तै आनन्दका काममा निस्कने चलन छ । ज्येष्ठ नागरिकको पालनपोषण र स्याहारसुसारमा अत्यन्तै कम ध्यान दिएर ‘बूढाबूढी पाल्ने सरकारको काम' भनेर दायित्व पन्छाउने प्रवृत्ति बर्सेनि बढ्दो छ । जसले गर्दा परिवारभित्र सँगै बस्ने र रमाउने बूढाबूढीहरूका रहर सेलाउँदै गएका छन् । विकसित देशको एकात्मक परिवार पद्धतिले विश्वका अन्य विकासशील, विकासोन्मुख र अति कम विकसित मुलुकलाई पनि विस्तारै गाँज्दैछ ।
‘डाँडामाथिका जून'माथि बेवास्ता बढ्दै छ । यो प्रवृत्तिको ‘सिकार' बन्न तपाईं हामी पनि तयार नभई सुखै छैन । विश्वभर ज्येष्ठ नागरिकको संख्या तीव्ररूपमा बढ्दै छ । संसारकै सबैभन्दा बढी ज्येष्ठ नागरिक भएको देश जापान हो । त्यहाँ करिब २५ प्रतिशत ज्येष्ठ नागरिक छन् । तर नेपालमा त्यति धेरै नभए पनि करिब १५ वर्षअघि ६ प्रतिशत ज्येष्ठ नागरिकको संख्या हाल नौ प्रतिशत पुगिसकेको छ । यो बढ्ने क्रम आउँदा दिनमा अझ तीव्र बन्ने निश्चित छ । तर पनि ज्येष्ठ नागरिकलाई सम्मान गर्ने, हेरचाह गर्ने स्याहारसुसार गर्ने र परिवारमा सँगै राख्ने पद्धतिबाट हामी टाढिँदै छौं । त्यसको अर्थ हो हामीले हाम्रै भविष्यलाई अझ अन्धकार, एकलकाटे र नियास्रो बनाउँदै छौं ।
जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकमाथि किन हुन्छ यस्तो दुव्र्यवहार ? किन हुन्छ अमानवीय कार्य ? किन बनिरहेका छौं हामी छोराछोरीहरू यति निष्ठुरी र क्रूर ? ‘डाँडामाथिका जून'माथि बेवास्ता बढ्दै छ । यो प्रवृत्तिको ‘सिकार' बन्न तपाईं हामी पनि तयार नभई सुखै छैन ।
हजुरबा-हजुरआमासँग बस्न पाउनु केटाकेटीका लागि स्वर्गीय आनन्द हो । यस्तो परिवारका केटाकेटी साह्रै सजिलोसँग हुर्केका हुन्छन्, धेरै ज्ञानगुनका कुरा जानेका हुन्छन्, व्यवहार सिकेका हुन्छन्, संस्कार र चलनको निरन्तरतामा सहभागी भएका हुन्छन्, संयुक्त परिवारका बहुपक्षीय लाभका भुक्तभोगी हुन्छन् । तर अहिलेको समय बडो निष्ठुर, पैसामुखी, स्वार्थी र जिम्मेवारहीन बन्दैछ । पुँजीवादले ग्रस्त अहिलेको संसारले ज्येष्ठ नागरिकलाई घोडा, कुकुर र पाल्तु जनावरलाई झैं खाली जनावरीय जीवनतर्फ धकेल्दै छ । खान दिए पुग्छ भन्ने मान्यता राखिरहेछ ।
पाल्तु जनावरभन्दा फरक नठान्ने प्रवृत्ति किन बढ्दै छ ? किन परिवारमा सम्मानका साथ राख्न सकिन्न आफ्ना बा-आमालाई ? किन सानो निहुँमा पनि घरबाहिर निकालिन्छन् बूढा भएका बा-आमा ? किन गरिन्छ उनीहरूमाथि क्रूर व्यवहार ? किन गरिन्छ उनीहरूमाथि नियमित दुव्र्यवहार ? अझ आफ्नै बा-आमालाई बञ्चरोले हानेर मार्ने पशुवत् व्यवहार कसरी बढ्दै छ हाम्रो समाजमा ?
दर्जनौं प्रश्न अनुत्तरित छन् । समय नै क्रूर र निष्ठुरी छ अहिले । एकअर्कालाई बुझ्ने समय छैन अचेल । मान्छेहरू ‘कमाऊ, मस्ती गर'को नराम्रो होडमा छन् । पुँजीवाद र उपभोगवादले समाजमा नराम्रो रोग सुम्पिरहेछ । बाजेले जोडेको सम्पत्तिमा नातिले खुब मस्ती गरिरहेको छ । भएको जग्गा टुक्राटुक्रा पारेर धमाधम बेचिरहेको छ । नयाँनयाँ गाडी फेरिरहेको छ । तर तिनै हजुरबा र हजुरआमा अनि आफ्नै बा-आमा पनि वृद्धा श्रममा जीवन बिताउन बाध्य छन् । बुहारीहरू खुब ‘कामकाजी' बनेका छन्, तर सासूससुरालाई खुवाउने पियाउने फुर्सद पटक्कै छैन उनीहरूसँग । समाजमा नराम्रो रोग पसेको छ अहिले । ‘छोरीले पनि पाल्छन् बा-आमालाई' भनेर समाजले बुहारीहरूलाई दायित्वबाट अलग्याउँदैछ । यो ज्यादै नराम्रो रोग हो ।
हरेक घरपरिवारमा बुहारी र सासूबीचको सम्बन्ध सुधारतर्फ सबै लाग्ने हो भने आधा समस्या त्यसै टर्छन् । नेपाली संस्कृति र संस्कारमा छोरीले बा-आमा पाल्ने होइन, बुहारी र छोराले नै पाल्नुपर्छ । ‘छोरी तिमीले हामी बा-आमालाई होइन, आफ्ना श्रीमानका बाआमालाई माया गर्न सिक, उनीहरूलाई वृद्धा श्रममा पठाएर हामीलाई माया देखाउन नआऊ छोरी ! तिमीले उता राम्रो काम गर्यौ भने तिम्रो कामले यता भाउजू र भाइबुहारीले पनि सिक्ने मौका पाउनेछन् । हप्तैपिच्छे तिमी हामीलाई भेटेर माया देखाउन आउनुको अर्थ तिमीले पनि खोज्नुपर्छ छोरी ।'
- हजुरबा-हजुरआमासँग बस्न पाउनु केटाकेटीका लागि स्वर्गीय आनन्द हो ।
- हजुरबा-हजुरआमासँग बस्न पाउनु केटाकेटीका लागि स्वर्गीय आनन्द हो ।
- संयुक्त परिवारका केटाकेटी साह्रै सजिलोसँग हुर्केका हुन्छन्, धेरै ज्ञानगुनका कुरा जानेका हुन्छन् ।
- व्यवहार सिकेका हुन्छन्, संस्कार र चलनको निरन्तरतामा सहभागी भएका हुन्छन् ।
- संयुक्त परिवारका बहुपक्षीय लाभका भुक्तभोगी हुन्छन् ।
- अहिलेको समय बडो निष्ठुर, पैसामुखी, स्वार्थी र जिम्मेवारहीन बन्दैछ ।
- पुँजीवादले ग्रस्त अहिलेको संसारले ज्येष्ठ नागरिकलाई घोडा, कुकुर र पाल्तु जनावरलाई झैं जनावरीय जीवनतर्फ धकेल्दै छ ।
- खान दिए पुग्छ भन्ने मान्यता राखिरहेछ ।
- पाल्तु जनावरभन्दा फरक नठान्ने प्रवृत्ति किन बढ्दै छ ?
अहिलेको समयमा हरेक बा-आमाले आफ्ना विवाहित छोरीहरूलाई यही कुरा सिकाउनु छ । ज्येष्ठ नागरिकमाथि बढ्दै गएको हिंसा समाधानमा आधा भूमिका छोराबुहारीको होला, तर आधा समस्या ‘छोरीले पनि पाल्छे' भन्ने मानसिकतामा ज्येष्ठ नागरिकले गर्नुपर्ने सुधार पनि हो । सबैले आआफ्ना तर्फबाट खेल्नुपर्ने भूमिकामा सजग बनौं । तबमात्र ज्येष्ठ नागरिकमाथि हुने हिंसा र दुव्र्यवहार घट्दै जानेछ । आजको दिनले दिने मुख्य सन्देश यही नै हो ।