ज्येष्ठ नागरिक दुर्व्यवहार, बेवास्ता र शोषण

ज्येष्ठ नागरिक दुर्व्यवहार, बेवास्ता र शोषण

विकासात्मक मनोविज्ञानले वर्गीकरण गरेअनुसार ६० वर्ष वा त्योभन्दा बढी उमेर समूहका व्यक्तिलाई ज्येष्ठ नागरिकको श्रेणीमा राखिन्छ । यस उमेरमा व्यक्तिको विभिन्न विशेषतामा ह्रास हुन्छ । यस उमेरमा व्यक्तिको मानसिक क्षमतामा जस्तै सिकाइ, तर्क गर्ने, रचनात्मकता, स्मृति, पुनःस्मरण, आनन्दमय स्वभाव, शब्द भण्डारमा कमी आउन थाल्छ ।

विश्वमा ज्येष्ठ नागरिकको श्रेणीमा करिब नौ सय २८ मिलियन जनसंख्या पर्छ । यो संख्या सन् २०२५ सम्ममा बढेर १.२ बिलियन हुनसक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । चीनमा सन् २०५० सम्ममा तीन सय ३० मिलियन जनसंख्या ज्येष्ठ नागरिकको हुने अनुमान गरिएको छ जुन हाल एक सय १० मिलियन रहेको छ । भारतमा सन् २०५० सम्ममा दुई सय २७ मिलियन जनसंख्या ज्येष्ठ नागरिकको हुने अनुमान गरिएको छ । हाल यो संख्या ६० मिलियन छ । नेपालको सन् २०११ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या करिब १.२ मिलियन छ जुन नेपालको जनसंख्याको करिब सातदेखि नौ प्रतिशत हुन्छ ।

विकासोन्मुख देशहरूमा ६२ प्रतिशत ज्येष्ठ नागरिकको संख्या रहेको तथ्यांक छ । यो संख्या सन् २०५० सम्ममा ८० प्रतिशत पुग्ने अनुमान गरिएको छ । विकासोन्मुख देशमा रहेका ८० प्रतिशत ज्येष्ठ नागरिकको नियमित आयस्रोत नभएको तथ्यांक छ । निम्न र कम आयस्रोत भएका देशहरूमा प्रत्येक चारजनामा एकजनाले मात्र नियमित पेन्सन पाउने गर्छन् । २६ मिलियन ज्येष्ठ नागरिक प्रत्येक वर्ष प्राकृतिक प्रकोपको सिकार हुन्छन् ।

अमेरिकन साइकोलोजिकल एसोसिएसनका अनुसार बर्सेनि ४० लाख अमेरिकी ज्येष्ठ नागरिक शारीरिक, मनोवैज्ञानिक र कुनै न कुनै प्रकारको दुव्र्यवहारको सिकार हुने गरेको तथ्यांक छ । सम्पूर्ण ज्येष्ठ नागरिकको संख्यामध्ये करिब ९५ प्रतिशत व्यक्ति वृद्धा श्रममा नबसी आफ्नै घरमा बस्ने गर्छन् । घरमा बस्दै गरेका ६० वर्ष उमेर पुगेकामध्ये प्रत्येक १० जनामा एकजना ज्येष्ठ नागरिक दुव्र्यवहार, बेवास्ता र शोषणको सिकार हुने गरेको तथ्यांकले देखाउँछ । उनीहरूप्रति गरिने दुव्र्यवहारका अनुमानित करिब २३ वटा घटनामध्ये एकमात्र दुव्र्यवहारको घटनाको रिपोर्ट हुने गरेको तथ्यांकले देखाउँछ ।

ज्येष्ठ नागरिकप्रति दुव्र्यवहार

ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार भनेको त्यस्तो संक्रमणको अवस्था हो जसमा शारीरिक, संवेगात्मक, मनोवैज्ञानिक, यौनिक वा आर्थिक नोक्सानीको व्यवहार वृद्धवृद्धाहरूप्रति गरिन्छ । स्याहारकर्ताले यस्तो बेवास्तापूर्ण दुव्र्यवहार जानीजानी वा नजानीकन गर्ने गर्छन् ।आर्थिक दुव्र्यवहारअन्र्तगत ज्येष्ठ नागरिकको आर्थिक बचतको दुरुपयोग, शोषण, ठगी, नाटकीय ढंगले आर्थिक हिनामिना, जालसाझी, जबरजस्ती सम्पत्तिको स्थानान्तरण, उनीहरूको स्वीकृतीबिना महँगो सरसामान किन्नु, सम्पत्ति वा घरको पहुँचबाट वञ्चित गर्नु, अनुचित तरिकाले उनीहरूको वारिसनामा तयार गर्नु आदि पर्छन् ।

विकासोन्मुख देशहरूमा ६२ प्रतिशत ज्येष्ठ नागरिकको संख्या रहेको तथ्यांक छ । यो संख्या सन् २०५० सम्ममा ८० प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

आर्थिक शोषण र भौतिक दुव्र्यवहार ज्येष्ठ नागरिकको साझा र गम्भीर समस्याको रूपमा रहेको हालका अध्ययन अनुसन्धानले देखाएको छ । उपलब्ध प्रमाणका आधारमा पाँचदेखि १० प्रतिशत ज्येष्ठ नागरिक कुनै न कुनै किसिमको आर्थिक शोषण खेपिरहेका छन् । यद्यपि यस्ता दुव्र्यवहारको उजुरी पीडितहरूको आंशिक लोकलाज, ग्लानि, उजुरी गर्ने संज्ञानात्मक असक्षमता÷असमर्थताका कारणले पर्ने गरेको छैन ।

जुन व्यक्ति यस्तो व्यवहारको सिकार हुने गर्छन्, उनीहरूको प्रायःजसो आर्थिक क्रियात्मक अवस्था दयनीय हुन्छ, परनिर्भरता, कमजोर शारीरिक अवस्था, एक्लोपन र असहायपनको भावना र मनोवैज्ञानिक तनावका लक्षणहरू देखिने गर्छन् । यस्ता व्यक्तिको मृत्यु सामान्य व्यक्तिभन्दा चाँडो हुने अनुसन्धानले देखाएको छ । यो एक जटिल समस्या हो ।

ज्येष्ठ नागरिकको संख्यामा सन् २०१५ देखि २०३० सम्म सैद्धान्तिक रूपमा, सम्पूर्ण देशहरू यसमा पनि खासगरी विकासोन्मुख देशहरूमा बढ्ने अपेक्षा गरिएको छ । ज्येष्ठ नागरिकको संख्यामा वृद्धि भइरहेकाले ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहार पनि बढ्नसक्ने अनुमान गरिएको छ ।

संसारमा ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहारका कलंकमाथि दृष्टि पुग्नुभन्दा पहिलेसम्म यसप्रतिको हिंसामा राष्ट्रिय सर्वेक्षण र राष्ट्रिय कार्ययोजनाहरूमा न्यूनतम सम्बोधित र अनुसन्धान गरिएको विषय थियो । उजुरी दिएका सर्वेक्षणको अध्ययन गर्दा प्रत्येक वर्ष जुन १५ का दिन ‘ज्येष्ठ नागरिकप्रति गरिने दुव्र्यवहारविरुद्धको विश्व चेतना दिवस' मनाइँदै आएको छ । यस वर्षको बाह्रौं विश्व चेतना दिवसको नारा ‘ज्येष्ठ नागरिकप्रति हुने आर्थिक दुव्र्यवहारलाई बुझौं र अन्त गरौं : मानव अधिकारको विषय' भन्ने रहेको छ ।

आज विश्वभरि नै ज्येष्ठ नागरिकसँग सरोकार रहेका संस्था तथा व्यक्तिहरूको सहभागितामा विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ । यसै अवसरमा नेपालमा पनि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय एवं राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ, एवं नेपान लगायतका ज्येष्ठ नागरिकसँग सरोकार रहेका संस्थाहरूको सहभागितामा विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ ।

रोकथाम

ज्येष्ठ नागरिकको दुव्र्यवहारको रोकथामको पहिलो र सबभन्दा महत्ववपूर्ण कुरा भनेको कुनै पनि व्यक्तिलाई हिंसा, दुव्र्यवहार, होच्याउने र बेवास्ता गर्नु हुँदैन भन्ने जान्न जरुरी छ । व्यक्तिहरूलाई ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार र यसको परिणामका बारेमा जनचेतना फैलाउन जरुरी छ । घरपरिवारका सदस्यहरूलाई यस्तो अवस्थामा मनोवैज्ञानिक तथा मनोविमर्श सेवा प्रदान गर्न प्रेरित गर्ने । ज्येष्ठ नागरिकको सामाजिक सम्पर्क र सहयोग बढाएर पनि रोकथाममा सहयोग गर्न सकिन्छ । छोटो समयका लागि अपरिचत व्यक्तिले गर्ने सहयोग बढाउँदा पनि रोकथाममा सहयोग मिल्छ । व्यक्तिको मनोवैज्ञानिक पक्षलाई घरपरिवार र साथीहरूबाट प्रोत्साहन, हौसला एवं मनोवैज्ञानिक, मनोचिकित्सक, मनोविमर्शकर्ता र मनोसामाजिक कार्यकर्ताको उचित मनोविमर्शको माध्यमबाट ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार रोकथाम गर्न सकिन्छ ।
–लेखक मनोविज्ञान सम्प्रदाय नेपालका अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.