एकीकृत कृषि विकासका उदाहरण
कृषि क्षेत्र सबै विकास क्षेत्रका मूलाधार क्षेत्र रहे, बनेको छ । कृषि क्षेत्र भन्नु पृथ्वी, भूतल नै । भूतल-पृथ्वी यावत् प्राणीका प्राणाधार नै हो । प्राणाधार यस निमित्त हो कि यसलाई पानीले सिञ्चन गरेको छ । जल सिञ्चनले हराभरा हाम्रो पृथ्वी पवन प्लावित छ । हावाले जीवन सञ्चार गरिदिएको छ । न्यानो, चहकिलो घामले उष्ण किरण छर्केको छ । उष्ण किरण ऊर्जा शक्ति हो ।
अमूर्त तवरले आकाश तत्वव जीवन्त जैविक प्राण प्रदान गर्दो छ । हाम्रो यस भूगोलको विशेषता यिनै रहेका छन् । जो अन्य ग्रहहरूमा उपलब्ध छैनन् । धन्य पृथ्वी... ! धन्य हामी... ! अनि त यति धन्य भूतलका भूमिमाथि वैज्ञानिक प्रविधिका सोचपूर्ण तरिका मिलाएर कृषि र कृषिजन्य विकासमा पहुँच पुर्याउने अवधारणा नै एकीकृत कृषि विकासको अवधारणा बन्छ ।
एकीकृत कृषि विकासका केही पूर्वाधार सम्बन्धमा जेठ २० गतेको राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्द्वारा पाठक समाजमा प्रस्तुत भइसकेको छ । यस अंकमा कृषिजन्य कार्यक्रमहरूलाई एकआपसका परिपूरक एवं परिपोषक बनाउन सकिने अवधारणाका क्रियात्मक उदाहरणमाथि विमर्श गर्ने जमर्को गरिएको छ । यहाँ परिपूरक एवं परिपोषक शब्दावली प्रयोगमा ल्याइएको छ । परिपूरक शब्दले एक कार्यमा अर्को कार्यले आपसमा सघाउने कार्यक्रमलाई प्रतिनिधित्व गर्छ । खेती गर्न खेत जोत्नु अनिवार्य छ ।
खेत जोत्ने कामका लागि कोदालो, हलो नभई हुन्न, तसर्थ परिपूरक बन्छ । साबेल, हलो, कोदालोको ठाउँ जोत्ने यन्त्र औजार- पावर टिलरले लिइसकेको छ । पावर टिलरले खेत खनजोत गर्न परिपूरकको भूमिका निर्वाह गर्छ । अब सोचौं कि यसरी एकले अर्काको काममा सघाउनु नै आपसमा परिपोषण गर्नुहुन आउँछ । परिपूरक र परिपोषक शब्दको अर्थ र प्रयोजन झन्डै उस्तैउस्तै देखा पर्छ । यसलाई अझ ठोस रूपमा बुझ्न ठोस कार्यक्रमकै नमुना उदाहरण उल्लेख गर्नु समुचित हुने ठान्छु ।
कृषिजन्य केही कार्यक्रम लिऔं÷उल्लेख गरौं । माछापालन एक कार्यक्रम । पोखरी तयारी पहिलो कार्य । पोखरीबिना यो सम्भव हुन्न । पोखरी खनिसकेपछि पानी भर्नु दोस्रो कार्य । पानी ल्याउन नहर, कुलो अथवा नदीनाला चाहिएकै हुन्छ । नदीनाला माछापोखरीभन्दा तल्लो सतहमा रहे पम्पसेट चाहिएको हुन्छ । पर्यावरण र तापक्रम सुहाउँदो माछाका भुरा हुनुपर्छ । तिनका लागि उपयुक्त दाना आदि परिपूरक बन्छन् । माछापोखरी माथिका जमिन कान्लामा बंगुर पालन कार्यक्रम गर्न सकिन्छ । बंगुरले बिस्ट्याएका मल माछाका लागि आहारा बन्न सक्छ ।
त्यसले माछापालनमा परिपूरक भूमिका निर्वाह गर्छ । माछापोखरी वरपरका डिलडिलमा केराका बोटबिरुवा लगाउन सकिन्छ । केराका खेर जाने पात, थाम र बुंगोका बोक्राहरू बंगुरको आहारा बन्छन् । यो पनि परिपूरक कार्यक्रमै बन्छ । माछाका भुँडीसुडीहरू बंगुरका लागि आहारा बन्छ । बंगुरका बिष्टा माछाका आहारा र माछाका भुँडी बंगुरका आहारा बन्नु परिपोषकस्वरूप बन्छ । कृषिजन्य अलगअलग कार्यक्रमले यसरी परिपूरक र परिपोषक भूमिका निर्वाह हुने गरिने सोचपूर्ण कार्यक्रमको परिचय एकीकृत विकास परियोजनाका ज्वलन्त अवधारणात्मक नमुना हुन्, उदाहरण हुन् ।
वर्तमान स्थिति युवा श्रमशक्ति विदेश पलायनको यथार्थ भोगाइ बनेको छ । कर्मठ पाखुरीका बलशाली श्रमशक्तिको अभावमा कृषियोग्य भूमि उजाडिएर बाँझै बाँझो रहेको अवस्था छ । यस स्थितिलाई चिर्न यान्त्रिक खेती प्रणाली नअपनाई नहुने अनिवार्यता छ ।
कृषिजन्य कार्यक्रमका क्षेत्र यतिमै सीमित रहन्न । कृषिजन्य कार्यक्रमका अर्को दृश्य उतारौं । यस प्रयोजन खातिर एउटा नहर-सिँचाइ कार्यक्रमलाई लिऔं ! नहर सिँचाइ वा सिँचाइ नहर कार्यक्रमलाई प्रसंग बनाऔं । नहरका अनेक सहायक सिँचाइ कुलो हुन्छन्, हुन सक्छन् । मूल नहरको सहायक नहर बनाउने थलोमा तारका जाली राख्नु उचित हुन्छ । प्रत्येक दुईतीन सय मिटरको फरकमा अर्को तार जाली कस्नु श्रेयस्कर हुन्छ । यसरी नहरका ठाउँठाउँमा तार बार हाली त्यहाँ माछापालन गर्न सकिन्छ । तारबारले माछा बाहिरिन पाउँदैन । नहरको पानीमै खेली बस्छन् । माछा पानीको धारको उल्टो खेल्ने, रमाउने प्राणी हुन् । कोसी नहरमा माछाका उल्टो यात्रा अर्थात् पानीका धारका विपरीत यात्रा गर्न सहज पार्न मत्स्य-सिँढी बनाएका छन् । यसले वर्षायाममा नहर हेरचाहकर्ताहरू सजिलैसित ट्रकका ट्रक माछा छोपी लाभ कमाउँछन् ।
मत्स्य सिँढीका प्रबन्ध कोसीमा झैं गण्डक नहरमा गरिएको छैन । यी अभिव्यक्ति आत्मानुभूतिमूलक बनेको छ । यही जिन्दगीको कुनै एक कर्मठ विकास प्रशासनका सुमधुर यौवनावस्थामा कार्यक्षेत्रमा होमिएर आर्जेका जीवन्त अनुभूति । जीवन्त अनुभूतिहरू न कोरा कल्पना हुन सक्लान् न त स्वप्निल जल्पना नै ! जीवन्त अनुभूतिहरू त जीवनका जीवित सार्थकता रहिरहन्छन्... छातीमा हात हालेर वाचा हालिन्छन् भने । युगले देश र जनतासित थापिरहेका हात यसै उन्मुख ठान्छु ! राष्ट्रका हरएक तख्ताका नेपालीमा दृढ संकल्पित वाचाबन्धन सार्थक तवरले एकीकृत रहनसके राष्ट्र निर्माणका मुहूर्त स्वतः खुल्ने अठोट गर्न सकिन्छ नै निर्धक्क... बिनासंकोच... !
प्रसंग एकीकृत कृषि विकास परियोजनाको अवधारणा उन्मुख रहेको छ । यसअघिका विमर्शमा एकीकृत कृषि विकास निमित्त भूमिलाई खण्डित पार्न नहुने प्रसंग जोडेको थिएँ । खण्डित भूमिमा खण्डित कृषि÷खेती हुनसक्छ । जसलाई जे मन लाग्छ उस्तै खेती÷बाली लगाउने गरिन्छ, गर्न छुट हुन्छ । वर्तमान स्थिति युवा श्रमशक्ति विदेश पलायनको यथार्थ भोगाइ बनेको छ । कर्मठ पाखुरीका बलशाली श्रमशक्तिको अभावमा कृषियोग्य भूमि उजाडिएर बाँझै बाँझो रहेको अवस्था छ । यस स्थितिलाई चिर्न यान्त्रिक खेती प्रणाली नअपनाई नहुने अनिवार्यता छ ।
यान्त्रिक कृषि प्रणाली खण्डित कृषि भूमि उपयुक्त रहन्न, हुन्न । एकीकृत कृषि विकास परियोजनाका आधार, त्यसैले, जमिन÷कृषि भूमि चक्लाबन्दी गर्नुपर्ने आधारभूत प्रसंग उठाइएको हो । एकीकृत कृषि विकास योजनाका स्वरूप सम्बन्धमा कुनै पनि नमुना÷उदाहरण प्रस्तुत भए गरिएको थिएन । नतिजामूलक उदाहरणले सार्थक साबितीकरण गर्छ, गर्न सक्दो हुन्छ । नमुना उदाहरण सार्थक सुझबुझको स्थिति निर्माण बन्छ ।
कृषि कुलोका फटकहरूमा पानीले छिटै नखियाउने बलिया तारका जालो कसी नहर, कुलोहरूमा पनि माछापालन गर्न सकिने प्रसंग उठाएथेँ । अब अर्को सिलसिला कसौं— नहर, कुलोका दुवैतिर नै स्थानीय पर्यावरण सुहाउँदो रूखका बिरुवा रोप्ने । कुलो नहर छेउछेउमा रूख रोपन गर्दा बालीनालीका लागि सुखद वातावरण बन्छ । रूखहरू अक्सिजन प्रादुर्भाव गर्ने प्राकृत ऊर्जाका जननी नै हुन् । हामी र अरू वन्य जीवजन्तुका लागि पनि उत्तिकै जीवनदायी वरदान नै बनेको छ । अक्सिजनका लागि हामीमध्ये जोकोहीलाई पनि ६ वटा रूख चाहिन्छ ।
अक्सिजन चाहिन्छ स्वस्थकर जीवनयापन निमित्त । यस प्रसंगमा एकीकृत कृषि विकास परियोजना कार्यान्वयनका सफलताले मानव जीवन र हाम्रा लागि फलदायी अन्य जीवात्माका लागि समेत हितकर पर्यावरण सिर्जनामा सार्थक तवरले सघाउँछ । अहिलेको यथार्थ हरित वातावरण तहसनहस उन्मुख छ । हरित वनजंगलहरू उजाड पारिँदैछन् जताततै-सर्वत्र ।
हरित क्रान्तिलाई सार्थक एकीकृत कृषि विकास कार्यमा योजनाबद्ध कार्यान्वयन गर्दा वन्य जीवजन्तुका पनि समुचित संरक्षण, प्रवद्र्धन हुने निश्चित त छ नै । यसले अर्को सार्थक आयाम पनि खोल्ने हुन्छ । नयाँ आयाम वन्य प्रकृति केन्द्रित पर्यटन उद्योग पनि वृद्धि हुनेछ । यी सोचलाई एकीकृत कृषि विकासका अवधारणा बनाउन पर्यटन उद्योग-व्यवसायलाई एकीकृत गर्न पुग्दो हुन्छ । यसलाई एकीकृत कृषि विकास कार्यका अन्तर निकायपरक पहुँच बन्न पुग्छ । यसरी एकीकृत कृषि विकास अवधारणाका अन्तर निकायमूलक आयाम बनेर विकासले फड्को मार्नेछ पक्कै पनि ।