सहरी विकास मन्त्रीमा प्रभु साह
काठमाडौ : विनाविभागीय मन्त्रीमा सपथ ग्रहण गर्नु भएका नेकपा माओवादी केन्द्रका नेता प्रभु साहले आइतवारदेखि सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नु हुने भएको छ । काँग्रेस र माओवादी केन्द्र वीच मन्त्रालयको भागवण्डा नमिल्दा जेठ २४ गते साहले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष विना विभागीय मन्त्रीमा सपथ लिनु भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीच भएको समझदारी अनुसार साहले आइतवार सहरी विकास मन्त्रीमा पदबहाली गर्न लाग्नु भएको हो । साहको नीजि सचिवालयका अनुसार उहाँले केहि महत्वपूर्ण बिषयमा निर्णय गरेर पदबहाली गर्ने गृहकार्य गर्नु भएको छ ।
यसअघि माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालय काँग्रेस नेता अर्जुननरसिंह केसीले सम्हाल्नु भएको थियो ।