भदौ २ मा भुइँमान्छे

भदौ २ मा भुइँमान्छे

काठमाडौं : भलिबल खेलाडी सिपोरा गुरुङ अभिनीत चलचित्र 'भुइँमान्छे'को प्रदर्शन दुई साता पछि धकेलिएको छ । साउन २० गते रिलिज हुने भनिएको यो चलचित्र भदौ २ गतेका लागि सारिएको निर्माण पक्षले जनाएको छ । साउन २० गते शाहरुख खान अभिनीत हिन्दी चलचित्र 'जब ह्यारी मिट सेजल' पनि प्रदर्शन हुने भएपछि 'भुइँमान्छे'को प्रदर्शन मिति सार्नु परेको निर्देशक नवराज बुढाथोकीको भनाइ छ ।

त्यसलगत्तै अक्षय कुमार अभिनीत चलचित्र 'ट्वाइलेट एक प्रेमकथा' प्रदर्शनमा आउने भएकाले चलचित्र 'भुइँमान्छे' दुई साता पछाडि सारिएको हो । बलिउड स्टार अभिनीत चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रले हल पाउन गाह्रो हुने भएकाले मिति सार्न बाध्य भएको निर्माण पक्षको भनाइ छ । रोहिणी भट्टराईको लगानीमा बनेको यो चलचित्र पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्द्रित छ ।

यस चलचित्रमा सिपोराका साथै रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ । लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यसअघि चलचित्र 'वनफूल' निर्देशन गरेका थिए । चलचित्र 'भुइँमान्छे' उनको दोस्रो चलचित्र हो । भदौ २ गते हेमराज बीसी निर्देशित चलचित्र 'ग्याङस्टार ब्लुज' पनि रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.