दीपिका भइन् मिस नेपालगन्ज

दीपिका भइन् मिस नेपालगन्ज

नेपालगन्ज : नेपालगन्जकी दीपिका श्रेष्ठ मिस नेपालगन्ज २०१७ भएकी छिन् । नौजना प्रतियोगीहरुलाई उछिन्दै उनी मिस नेपालगन्ज भएकी हुन् । शनिबार राति भएको फाइनल राउण्डबाट उनी मिस नेपालगन्जको ताज पहिरिन सफल भइन् ।

नेपालगन्ज न्यूरोड निवासी दीपिकाले मिस ट्यालेन्टको उपाधीसमेत जितिन् । मिस नेपालगन्ज दीपिकालाई गोर्खा एयरलाइन्सले आफ्नो कम्पनीको तर्फबाट एयर होस्टेजको जागिरसमेत पक्का गरिदिएको छ । उनलाई त्यसका लागि साहारा इन्टरनेशनल एयर होस्टेज एकेडेमीले निशुल्क एयर होस्टेसको तालिमको समेत व्यवस्था गरिसकेको छ । यो उपाधि र अवसरसँगै उनले आयोजक एक्स जेनेरेशनको तर्फबाट १५ हजार रुपैयाँ र यति सिमेन्टको तर्फबाट १० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पारिन् ।

यसैगरी फस्ट रनरअपको उपाधि नर्सिङकी विद्यार्थी समीक्षा बोहराले हात पारिन् । योसँग उनी मिस फोटोजेनिक पनि घोषित भइन् । १० हजार नगदसँगै उनले म्यूजिक भिडियोमा समेत मोडलिङको अवसर पाउनेछिन् । त्यस्तै सेकेन्ड रनरअप सिर्जना थपलिया भइन् । त्यस्तै आयुष्मा शर्माले मिस डिसीप्लिनको उपाधि हात पारिन् । सिर्जना सिंह ठकुरीले मिस क्याटवाकको उपाधि पाइन ।

त्यसैगरी कोरियो ग्राफर च्वाइस्मा कोपिला पाण्डे परिन् भने कल्पना बोगटी मिस पर्सनालिटी घोषित भइन् । आयोजक एक्स जेनरेशनका अध्यक्ष संयोज जंग शाहले विभिन्न आरोह अवरोध पार गर्दै मिस नेपालगन्ज चौथो संस्करणसम्म पुगेको र अझैँ परिस्कृत गर्दै लैजाने बताए । मिस नेपालगन्जका निर्णायकहरुमा मोडेल रिजु श्रेष्ठ, विबेक खतिवडा, फोटोग्राफर तथा व्यवसायी विनोद अग्रहरी तथा पत्रकार प्रभात देवकोटा थिए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.