फ्रान्समा म्याक्रोँको दललाई बहुमत

फ्रान्समा म्याक्रोँको दललाई बहुमत

पेरिस :  फ्रान्समा राष्ट्रपतिमा एम्मानुएल म्याक्रोँको मध्यपन्थी दल ‘ला रिप्युब्लिक आँ माश' (रिपब्लिक अन द मुभ) ले स्थापनाको १४ महिनामा नै भएको संसदीय निर्वाचनमा अत्यधिक बहुमतका साथ विजय हासिल गरेको छ । म्याक्रोँको दल नयाँ खोलिएको भएकाले यसअघि संसद्मा कुनै प्रतिनिधित्व नै रहेको थिएन ।

राष्ट्रपतिमा निर्वाचित भएको केही सातापछि नै उनको दलले ५ सय ७७ सिट भएको फ्रान्सको राष्ट्रिय सभामा ३ सय ५० सिटमा विजय हासिल गरेको छ । श्रम कानुनको सुधार आफ्नो उच्च प्राथमिकतामा पर्ने म्याक्रोँले यसअघि नै अर्थात् राष्ट्रपति निर्वाचनका समयमै बताएका थिए । फ्रान्सको चुनावमा यहाँका साह्रै न्यून अर्थात् ४४ प्रतिशत नागरिकले सहभागिता जनाएका थिए ।

यसले म्याक्रोँसँग अब आफ्ना सुधारका योजना लागू गर्न आवश्यक समर्थन संसद्मा प्राप्त भएको छ तर केही युनियन नेताहरूले त्यसविरुद्ध लड्न आफूहरू तयार रहेको बताएका छन् । निर्वाचनमा चरम दक्षिणपन्थी नेतृ मारिन ल पेँले पहिलोपटक विजयी भएकी छन् । फ्रान्सका परम्परागत दक्षिणपन्थी तथा वामपन्थी दलहरूलाई निर्वाचनको नतिजाले निराश बनाएको छ । ल पेँको दलले संसद् जम्मा आठ सिट जितेको छ । उनको दलले पन्ध्र सिट पाउने अनुमान गरिएको थियो ।

जितसँगै अब संसद्मा करिब ६० प्रतिशत सदस्य रिपब्लिक अन द मुभका हुनेछन् र प्रमुख विपक्षी मध्य दक्षिणपन्थी पार्टीको संसद्मा २० प्रतिशतको हाराहारीमा नियन्त्रण हुने देखिन्छ । संसदीय चुनावको परिणामलाई छ सातायता फ्रान्सले आफ्ना राजनीतिक संरचनामा बेहोरेको अर्को विजय आमूल परिवर्तन भएको भन्दै यहाँको एक दक्षिणपन्थी समूहप्रति झुकाव रहेको पत्रिका ले फिगारोका सम्पादक अलेक्सी ब्रेजेटले ३९ वर्षीय म्याक्रोँ र उनको भर्खरै स्थापना भएको दललाई शुभकामना दिएका छन् । उनले यो जित विश्वयुद्धपछिको अत्यधिक बहुमत भएको बताए ।

‘पूर्णतया नवीकरण भएको राजनीतिक पुस्ताले फ्रान्सका सत्ता सम्हालेको छ', उनले लेखेका छन्, ‘यो हाम्रो राज्यका लागि सन् १९५८ पछिको एउटा आमूल परिवर्तन हो ।' तर पहिलोपटक राष्ट्रपति चुनावमा सहभागी हुँदा नै विजयी भएका म्याक्रोँसँग अब अहिलेसम्म परीक्षण नभएका वा हतारमा छनोट गरिएका सांसदहरूको समूह विजयी भएर आएको छ । यो समूहलाई लिएर अघि बढ्ने क्रममा उनको दलले थुप्रै चुनौतीको सामना गर्नुपर्ने हुनेछ किनकि विपक्षी दलसँग नयाँ नेतृत्वलाई चुनौती दिने थुप्रै कार्यक्रम रहेका छन् ।

यद्यपि विगतमा संसद्मा नियन्त्रण कायम गरेका शक्तिशाली वामपन्थी र दक्षिणपन्थी शक्तिहरूले अहिले निकै सानो प्रतिनिधित्व पाएको छ । त्यसविरुद्ध संसद्भित्रबाट नभई बाहिरबाट चुनौती आइलाग्न सक्छ किनभने केही श्रम संगठनका नेताहरूले आफूहरू उक्त योजनाविरुद्ध संघर्ष गर्न तयार भएको बताउँदै आएका छन् । संसद निर्वाचनमा पाएको शानदार समर्थनपछि राष्ट्रपति म्याक्रोँले सरकारमा सामान्य परिवर्तन गर्ने तयारी गरेका छन् । —रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.