र्इशा र सिर्जना बने एसईई सुन्दरी
काठमाडौँ : स्टार वन इन्टरटेनमेन्टद्धारा राजधानीमा आयोजित मिस टिन सिइई २०१७ सौन्दर्य प्रतियोगिताको तेस्रो संस्कराणमा ईशा न्यौपाने विजयी भएकी छिन् । केएमसी स्कुलबाट एसइई दिएकी ललितपुर इमाडोलकी ईशाले फेसबुक च्वाईस र व्युटी विथ पर्पसको उपाधिसहित मिस टिन सिइई २०१७ को उपाधि जितेकी हुन् ।
राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा पुष्पिका चालिसे मोस्ट पपुलर र मोस्ट एक्टिभका साथ फस्ट रनरअप, टेनिसा बजगाई मोस्ट फोटोजेनिकका साथ सेकेण्ड रनरअप र रोजिना गुरुङ वेष्ट हेयरका साथ थर्ड रनरअप भए । मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१७ मा साकार श्रेष्ठ र सिर्जना थापामगरले उपाधी जितेका छन् । साकरले बेस्ट पर्सनालिटी सहित मिस्टर नेपाल्स एसइइ आइकन २०१७ र सिर्जनाले वेष्ट हेयर र वेष्ट स्पीचका साथ मिस नेपाल्स एसइइ आइकन २०१७ उपाधी जितेका हुन् ।
प्रतियोगिताको किशोरतर्पmको स्पर्धामा अमृत थापा बेस्ट स्कीनसहित फस्ट रनरअप र सुनिल बोहरा बेस्ट स्पीचसहित सेकेण्ड रनरअप भए । अश्विनी झाको कोरियोग्राफी रहको प्रतियोगितामा किशोरीहरुतर्फ अनुष्का अधिकारी बेस्ट डिसिप्लेनसहित फस्ट रनरअप, स्मृति श्रेष्ठ व्युटि व्यीथ पर्पससहित सेकेण्ड रनरअप भइन् । एएनपी मिडिया हाउसले सहभागी सबै किशोर किशोरीलाई राजधानीका विभिन्न कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै प्रतियोगिता आयोजना गरेको हो ।