रुपचन्द्र बिष्टको जीवनमा आधारित चलचित्र यसै बर्ष

रुपचन्द्र बिष्टको जीवनमा आधारित चलचित्र यसै बर्ष

काठमाडौ : थाहा दर्शनका प्रणेता तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसका दिन रुपचन्द्र विष्टकै जीवनीमा आधारित रुदाने ः विद्रोहको नेपाली नाम चलचित्र बनाउने घोषणा गरिएको छ ।

चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिने निर्माता जागृत रायमाझीले बताउनुभयो । रुदाने ः विद्रोहको नेपाली नाम अमित किशोर सुवेदी र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गर्नु भएको हो । दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रको निमार्ण जागृत रायमाझि गर्नु भएको हो ।
चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेब,नम्रता श्रेष्ठ,रवि गिरी,सुभाष गजुरेल,अमर सुवेदी लगायतका एक सय भन्दा बढी कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वलिउडका सान्ता राओको छायाङकन,निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगीत रहेको छ ।
‘हामीले चार वर्षसम्म रुचपन्द्र विष्टमाथि गहिरो अध्ययन अनुसन्धान गरी रुदाने चलचित्र तयार पारेका हौ । यसै वर्षको अन्तिम सम्ममा थिएटर रिलिज गर्ने हाम्रो तयारी छ’ रायमाझीले भन्नुभयो ‘यस फिल्म मार्फत पुरानो पुस्ताले बिर्सि सकेको र नयाँ पुस्ता माझ किंबदन्ति बनेका रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको छ । आफू सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द विष्टको जीवन सबैका लागी उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मूल हेतु हो ।’
२००० देखि २०५६ सम्मको समय भित्रको अवधि चलचित्रमा देखाउन खोजिएको छ ।

‘मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो’ निर्माता रायमाझीले भन्नुभयो ‘४०को दशक लोकप्रियताको शिखरमा रहेको रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.