चुनौति हटाउने कोशिस गर्छु: नवनियुक्त स्वास्थ्य सचिव

चुनौति हटाउने कोशिस गर्छु:  नवनियुक्त स्वास्थ्य सचिव

काठमाडौं: सरकारले स्वास्थ्य सचिवमा डा. किरण रेग्मीलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रीपरिषदको बैठले स्वास्थ्य मन्त्रालयकी एक मात्र दावेदार प्रमुख विशेषज्ञ डा. रेग्मीलाई सचिवमा नियुक्त गरेको हो।

डा. शेनेन्द्रराज उप्रेतीले अवकास पाएपछि रिक्त सचिवमा उहाँलाई नियुक्ति गरिएको हो। स्वास्थ्य सेवा ऐन अनुसार १२ औं वा ११ औं तहमा पाँच वर्ष काम गरेको अनुवभका आधारमा सचिव नियुक्त गर्ने प्रावधान छ।

मिलनसार र इमान्दाररुपमा चिनिने डा. रेग्मीका अघि भने स्वास्थ्य सेवा सुधारका थुर्पै चुनौति देखिएको छ। विशेषगरी पूर्व स्वास्थ्यमन्त्री गगन थापाका पालामा भएका स्वास्थ्य क्षेत्रका उपलब्धीलाई संस्थागन गर्न उहाँका अघि चुनौती छ।

यसअघि नै स्वास्थ्य सचिवका लागि दावेदार डा. रेग्मीलाई पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले पन्छ्याएका थिए। स्त्रीरोग एवं प्रसूती अस्पतालकी पूर्व निर्देशक र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाकी प्रमुख डा. किरणले स्वास्थ्य सेवालाई चुस्त बनाउन आफुले सक्दो प्रयास गर्ने बताउनु भएको छ।

'मेरा अघि अनगिन्ती चुनौती छन्। म सबैको सहयोगमा त्यो चुनौति हटाउने कोशिस गर्छु,' डा. रेग्मीले अन्नपूर्णसँग भन्नुभयो। स्वास्थ्य सचिव डा. रेग्मी बनेपनि नयाँ स्वास्थ्यमन्त्री नियुक्त हुन नसक्दा स्वास्थ्यमन्त्रालयको कामकारवाही प्रभावित बनेको छ। गगन थापाको विदाई पछि सरकारले नयाँ स्वास्थ्यमन्त्री चुन्न नसकेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.