अनियन्त्रित माइक्रोले ठक्करमा दिदा भारतीय फलफुल व्यापारीको निधन

अनियन्त्रित माइक्रोले ठक्करमा दिदा भारतीय फलफुल व्यापारीको निधन

काठमाडौ :अनियन्त्रित माइक्रो बसको ठक्करले भारतीय फलफुल व्यापारी २७ बर्षीय रुपलाल साहको निधन भएको छ । काठमाडौको जोरपाटी ओरालोमा कलंकीबाट थली तर्फ गइरहेको अनियन्त्रित बा १ ज ९८०९ नम्बरको माइक्रोले फुटपाथमा साइकलमा व्यापार गरिरहेका साहसहित बटुवालाई ठक्कर दिएको थियो ।

‘भिडभाड हुने ठाउँमा साइडमा हिडिरहेको वेला माइक्रोले ठक्कर दिएको हो’पुडासैनीले अन्नपूर्णसँग भन्नुभयो ।
महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख अच्युत पुडासैनीका अनुसार ब्रेक फेल भएर माइक्रोले फुटपातमा रहेकाहरुलाई ठक्कर दिएको हो । माइक्रो बस र चालक ३६ बर्षीय लालबहादुर कामीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको पुडासैनीले जानकारी दिनुभयो ।
माइक्रोले ठक्कर दिएका भारतीय अर्का व्यापारी २२ बर्षीय प्रदीपकुमार साहको काठमाडौ मेडिकल कलेज जोरपाटीमा र ओखलढुंगाकी ६० बर्षीय चुनीमाया बुढाथोकीलाई शंखरापुर अस्पतालमा उपचार भइरहेको छ । मृतक साह र घाइते साह दुवै जना भारतको श्रीपुर निवासी रहेको प्रहरीले जनाएको छ । दुवै जनाले साइकलमा फुलफुल व्यापार गर्दै आउनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.