शान्ति ठटाल पाँचौंपटक पलेँटीमा

शान्ति ठटाल पाँचौंपटक पलेँटीमा

अन्नपूर्ण : नेपालयको आयोजनामा अंग्रेजी महिनाको अन्तिम शुक्रबार हुँदै आएको सांगीतिक शृंखला पलेँटीमा गायिका शान्ति ठटाल पाँचौंपटक प्रस्तुत हुँदैछिन् । असार १६ गते नेपालयको आरशालामा ठटाल विगतमा झैं यसपटक पनि आफ्ना चर्चित गीतका साथ प्रस्तुतिको तयारीमा छिन् ।

ठटाल यसपटक संगीतकारका रूपमा उपस्थित हुनेछिन् । रवीन्द्र भारती विश्वविद्यालयबाट औपचारिक संगीत शिक्षा प्राप्त ठटालका संगीतलाई लामो समयदेखि पलेँटी शृंखलामा आबद्ध गायिका मीना निरौला र दार्जिलिङबाट शान्ति ठटालकै साथमा आएकी गायिका सोनू राईले प्रस्तुत गर्नेछन् । पलेँटीमा दिनेश रेग्मीले किबोर्ड, बुद्ध लामाले बाँसुरी, सुन्दर महर्जनले पर्कसन, सन्देश महर्जनले तबला र सुरजकुमार प्रधानले गितार बजाएर गायिकाहरूलाई सघाउनेछन् ।

सन् २००६ मार्च ३१ मा आयोजित पलेँटीमा ठटाल ६६ वर्षको उमेरमा जीवनकै पहिलोपटक एकल कार्यक्रममा प्रस्तुत भएकी थिइन् । त्यसैगरी सन् २००८ सेप्टेम्बर २६ मा दोस्रोपटक, सन् २०१२ अगस्ट ११ मा पलेँटी उत्सवका क्रममा तेस्रोपटक र सोही महिनाको ३१ तारिखमा पलेँटीको नियमित शृंखलामा चौथोपटक प्रस्तुत भएकी थिइन् । पछिल्लो समय पुन पलेँटीमा निम्तो पाउँदा आफूलाई गौरव लागेको उनको भनाइ छ । 'फेरि आफूलाई प्रस्तुत गर्न नेपाल आउन पाएकामा मलाई गर्व महसुस भइरहेको छ', अग्रज गायिका ठटाल भन्छिन्, 'निकैअघि चुँडिएको नेपाल र दार्जिलिङबीचको सांगीतिक सेतुलाई पलेँटीले फेरि जोड्ने काम गरेको देख्दा खुसी लागिरहेको छ ।'

सिक्किमको सांस्कृतिक विभागमा लामो समय संगीतको नेतृत्व गरेकी शान्ति ठटाल पछिल्लो समय दार्जिलिङमा बसोबास गर्छिन् । चलचित्र 'परालको आगो' र 'बाँच्न चाहनेहरू'मा संगीत गरेर ठटाल नेपाली भाषामा बनेका चलचित्रमा संगीत भर्ने पहिलो महिला संगीतकारका रूपमा दरिएकी छन् । ठटालले महाकवि लक्ष्मीप्रसाद देवकोटाका कृतिहरू मुनामदन, कुञ्जिनी र म्हेन्दोमा आधारित सांगीतिक सिर्जना पनि गरेकी छन् । मुनामदनमा संगीत भर्ने काम सन् १९७७ तिर भएको थियो । तर, त्यसको रेकर्ड आफूसँग नभएको र धुन पनि बिर्सेको उनी बताउँछिन् । यसपटकको पलेँटीमा त्यो संगीत फेरि ल्याउने प्रयास उनले गरिरहेकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.