चार दिन भित्र सुदुरपश्चिममा लोडसेडिङ अन्त्य हुने कुलमानको घोषणा

चार दिन भित्र सुदुरपश्चिममा लोडसेडिङ अन्त्य हुने कुलमानको घोषणा

काठमाडौ : नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले सुदुरपश्चिममा ट्रान्समिसन र ट्रान्सफर्मरको समस्या चार दिन भित्र समाधान गरेर लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्नु भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिवार लाजिम्पाटमा भएको भेटमा घिसिङले त्यस्तो घोषणा गर्नु भएको हो ।
घिसिङले तीन–चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
धनगढीबाट काठमाडौं आउनुभएका अध्यक्ष प्रचण्डले घिसिङलाई आफू काठमाडौं आइपुग्दा लाजिम्पाट आउन आग्रह गर्नु भएको थियो । काठमाडौं आएलगत्तै शनिबार बिहान अध्यक्ष प्रचण्डले कार्यकारी निर्देशक घिसिङसँग सुदुरपश्चिममा लोडसेडिङको समस्या कम नभएको जानकारी गराउँदै तुरुन्त लोडसेडिङ अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।
चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुग्नुभएका अध्यक्ष प्रचण्डलाई कञ्चनपुरका स्थानीय जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए । स्थानीय जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष पहल गर्ने घोषणा गर्नुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.