सडकमै धान रोपियो

सडकमै धान रोपियो

हेटौंडा : जिल्लाको पहाडी क्षेत्रका किसान धान रोप्न ब्यस्त छन्। हेटौंडा बजारमा पनि किसान शनिबार बिहाननैदेखि खेतमा ब्यस्त थिए। तर, उनीहरुले खेतको सट्टा हिलाम्मे सडकमा धान रोपे।

धान रोप्न बाउसे गरी तयार पारिएको खेत जस्तै हेटौंडा–१७ स्थित राजदेवीको हिलाम्मे सडमा किसानहरुले धान रोपेका हुन्।

सवारीसाधन गुडिरहेको ग्राभेल सडकमा ठेकेदार कम्पनीले माटो हालेर हिलाम्मे बनाई दिएपछि बिरोध स्वरुप सडकमै रोपाई गरेको स्थानीयहरुले बताएका छन्।

‘वर्षायाममा रातोमाटो विछ्याएकाले सडक हिलाम्मे हुँदा यातायात ठप्प भएको छ’, स्थानीय डकेराज थापाले भन्नुभयो, ‘असारमा रातो माटो हालेर सडक हिलाम्मे भएपछि एम्बुलेन्स समेत चलाउन सकेका छैनौं।’ स्थानीय प्रशासनको ध्यान जाओस् भनेर सडकमा धान रोपाई गरेको उहाँको भनाइ छ।

चुनडाँडादेखि दोभानचौरसम्मको सडक विस्तारका लागि पाँच करोड रुपैयाँमा ठेक्का सिंह एण्ड ब्रर्दशले पाएको थियो। सडक विस्तारका क्रममा ढलको व्यवस्था नहुँदा धेरैको घरभित्र पानी जमेर आहाल बनेको स्थानीय खानीमाया गुरुङले गुनासो गर्नुभयो।

सदरमुकाम हेटौँडाबाट पूर्वी क्षेत्रको ग्रामीण भेगसम्म जाने सडक अवरुद्ध हुँदा यस क्षेत्रका दुग्धजन्य उत्पादन बजार पुर्‍याउन, विद्यार्थीलाई विद्यालय आउन र एम्बुलेन्स समेत संचालन हुन समस्या परेको भन्दै उनीहरुले समस्या समाधानका लागि स्थानीय प्रशासन र जनप्रतिनिधिसंग आग्रह गरेका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.