१४ वर्षपछि रोशन धौभडेलको एकल एल्बम ‘वन्ली यू’

१४ वर्षपछि रोशन धौभडेलको एकल एल्बम ‘वन्ली यू’

भक्तपुर : १४ वर्षको नियमित साधनापछि भक्तपुरका गायक रोशन धौभडेलको पहिलो एकल गीति एल्बम ‘वन्ली यू’ सार्वजनिक भएको छ।

८ वटा गीत रहेको उक्त गीति एल्बमको वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ संगीतकार दीपक जंगम र वरिष्ठ गीतकार तथा गायक दीपक खरेलले शनिबार एक कार्यक्रमबीच विमोचन गर्नुभएको हो।

एल्बम विमोचनमा वरिष्ठ गायक दीप श्रेष्ठले रोशनको गायकी साधारण भए पनि यसलाई निरन्तरता दिए अहिलेको समयमा बाँच्न सकिने प्रतिक्रिया दिनुभयो।

गायकीसँगै संगीतमा दक्ष देखिएका रोशनले आफ्नो स्वरलाई साँध्दै लगे उत्कृष्ट हुन कसैले रोक्न नसक्ने उहाँको भनाइ थियो। उक्त एल्बममा भएका ८ वटा गीतमध्ये सात वटामा रोशन आफैले संगीत भर्नुभएको छ। बाँकी एउटामा उहाँले सुनिल मोक्तानसँगको सहकार्य गरेर संगीत भर्नुभएको हो।

‘पहिलो एल्बममै रोशन परिपक्व देखिन्छन्’, वरिष्ठ संगीतकार दीपक जंगमले भन्नुभयो, ‘हामीले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुपर्छ। जसले ससाना कमीकमजोरी पछि सुधार हुँदै जान्छन्।’

गायक आफैले केहीगर्न नसक्ने भएकाले अवसर र प्रोत्साहन पाए रोशनको गायकी भविष्यले ठाउँ पाउने उहाँको भनाइ थियो।

त्यस्तै वरिष्ठ गीतकार एवं गायक दीपक खरेलले रोशनको स्वर मल्टी डाइमेन्सन (बहुआयामिक) रहेको प्रतिक्रिया दिनुभयो। उहाँले रोशनको आफ्नै मिठासपूर्ण स्वर भएकाले जुनसुकै गीत गाउने क्षमता राख्ने दावी गर्नुभयो।

रोशन नेपाली सांगीतिक बगैंचामा नयाँ रुप र रंगको नयाँ फूल हुनसक्ने उहाँको भनाइ थियो।
‘रोशनको स्वरअनुसार एल्बममा रक, पप, सुगम सबै गीत छन्’, उहाँले भन्नुभयो, ‘उनले संगीतमा पनि सम्झौता गरेका छैनन्। त्यसैले रोशन नेपाली सांगीतिक बगैंचामा नयाँ रुप र रंगको नयाँ फूल हुनसक्छन्।’
एल्बमका गीतकार एवं वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मीले गीत र संगीतका क्षेत्रमा भक्तपुरमा प्रतिभावान व्यक्तित्वहरु भए पनि प्रचारमा आउन नसकेको गुनासो गर्नुभयो।

गायक रोशनले आफू भारतीय वरिष्ठ गायक किशोरकुमारबाट धेरै प्रेरित भएको जानकारी दिँदै १४ वर्षदेखि सांगीतिक क्षेत्रमा लागेको बताउनुभयो।
१४ वर्षको बीचमा करिब तीन वर्षको अथक प्रयास एल्बम निकाल्न सफल भएको उहाँको भनाइ थियो।

उक्त एल्बममा वरिष्ठ साहित्यकार मधिकर्मीसँगै भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी, मगनबाबु श्रेष्ठ, उज्ज्वलकुमार बस्नेत, शिवप्रसाद मुनंकर्मी, तुलसी घेमोसुसँगै गायक रोशनकै गीत रहेको छ।

त्यस्तै एल्बममा रहेका गीतहरुको एरेन्ज विवेक शाक्य, वासुदेव श्रेष्ठ, जीवित जल्मी, हेम लामा, राजेश हाडा, दीपेश सिंहले गर्नुभएको छ। एकसय ४९ रुपैयाँ राखिएको एल्बमको बिक्रीको रकम भक्तपुर नपा ७ स्थित सिद्धि शालिग्राम आदर निकेतनलाई सहयोग गरिने गायक रोशनले जानकारी दिनुभएको छ। कार्यक्रममा गायक रोशनले एल्बमभित्रका दुइटा गीतसमेत गाउनुभएको थियो। एल्बम लिब्जु फिल्मस् प्रालिले बजारमा ल्याएको हाे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.