पाइलट बाबाद्वारा चन्द्रागिरि भ्रमण
काठमाडौं: शुक्रबार पाइलट बाबाले चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । अनौपचारिक भ्रमणमा आउनुभएका बाबालाई चन्द्रागिरि हिल्स लिमिटेडका सञ्चालक अम्बिकाप्रसाद पौडेल र महाप्रबन्धक अभिषेकविक्रम शाहले स्वागत गर्नुभएको थियो ।
चन्द्रागिरिमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै बाबाले भगवान शिवको पवित्रस्थल चन्द्रागिरि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र यहाँको भ्रमणले आफू अत्यन्तै मोहित भएको उल्लेख गर्नुभएको छ ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायत पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
६