नमाज पढेर प्रार्थना गर्दै खुसी साटासाट गरेर इद मनाइयो

 नमाज पढेर प्रार्थना गर्दै खुसी साटासाट गरेर इद मनाइयो

विराटनगरः मुस्लिम धर्मालम्बीले एक महिनासम्म बसेको रोजा व्रत सकिएको अवसरमा सोमबार धुमधामसँग इद उल फितर मनाएका छन् ।ब्रत सकिएको खुसीयालीमा विशेष नमाज पाठ गर्दै ठुलाबडाबाट आशिर्वाद लिएर तथा समकक्षीलाई कुममा कुम मिलाएर भाइचाराको शुभकामना दिदैँ पर्व मनाएका हुन् ।

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन मुस्लिम धर्मालम्बी सामूहिक रुपमा नमाज पाठ गर्दै पर्व मनाउछन् । विराटनगर-१७ मा भेला भएका मुस्लिम धर्मालम्बीले त्यहाँको पवित्र प्रार्थना गरेका छन् । त्यहाँ हरेक वर्ष ठूलो संख्यामा पुग्ने मुस्लिम धर्मालम्बी भेला भएर प्रार्थना गरेका थिए ।

मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले यो पर्व निकै महत्वपूर्ण भएको बताउँदै इदका दिन वर्षभरि मनमुटाव भएका र नबोल्नेहरुले पनि एकआपसमा अंकमाल गर्दै शुभकामना दिने गरेको बताउनु भयो ।

आलमले भन्नुभयो,‘खुशीपूर्वक दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फितर भनिएको हो ।' अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन आइतबार बेलुकी चन्द्रमा देखिएको हो ।

इदमा वर्ष दिनभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउअनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको आलमले जानकारी दिनुभयो । दान गर्दा ठूलो पूण्य मिल्छ भन्ने जनविश्वास रहेको छ । यो पर्वमा ठूलाले सानालाई आर्शिवाद दिने चलन पनि छ ।

पाहुनालाई सेवइ र लछा (घ्यूमा भुटेर बनाइएको सेवइ) खुवाइन्छ । पर्वको अवसर पारेर सोमबार सार्वजनिक बिदा पनि दिइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.