जनगायक रामेशको गर्जन 'जनता महान्'

जनगायक रामेशको गर्जन 'जनता महान्'

बागलुङ : गायक तथा संगीतकार रामेश श्रेष्ठ ३४ वर्षपछि बागलुङ आउने खबरले पुरानादेखि नयाँ पुस्ताका साहित्य, संस्कृतिहरू उत्साहित थिए । उनको आगमन र विचारले कार्यक्रममा सहभागीलाई खुसी र ऊर्जा त दियो नै, बागलुङमा साढे तीन दशकपछि दोस्रो पटक आएका रामेशले कार्यक्रममा आफ्ना नयाँ पुराना जनवादी गीत गाएर सबैलाई रोमाञ्चित बनाए । नयाँ विश्व डटकमले आयोजना गरेको संवाद कार्यक्रममा रामेशले मञ्च बोल्नेमात्रै होइन गीत गाउँदै पञ्चायती शासनका बेला २०४० सालमा पहिलो पटक बागलुङ गीत गाउन आएको स्मरण पनि गरे ।

'मन यो चञ्चल, हाम्रो घर धौलागिरी अञ्चल, बागलुङ बजारमा कहाँनिर झुल्क्यो घाम, पर्खसँगै जाम' बोलको गीत रामेशले सुरुमै गाएपछि सहभागीहरू उत्साहित भएर तालीले उनीप्रति कृतज्ञता प्रकट गरे ।आधा शताब्दीदेखि जनताको दुःख सुख र संघर्षका गीत गाउँदै आएका रामेशले पहिलो पटक बागलुङ आउँदा रेडक्रसको मान्छे बनेर कार्यक्रम गर्नु परेको स्मरण गर्दै अहिले ढुक्कसँग जनताका गीत गाउन पाइए पनि जनताको समस्या भने उस्तै रहेको बताए ।

'हिजो जनताका गीत गाउनेलाई जेल हाल्थे, सुन्नेको कान फुटाइन्थ्यो तर अहिले आफ्नो कुरा सहजै गाउन भन्न पाइन्छ', श्रेष्ठले भने, 'भरिया, किसान, अन्य मजदुरको जीवन अझै बदलिएको छैन ।' लोकतान्त्रिक शासन आउँदा पनि नेताहरूको प्रवृत्ति हिजोकै राजा र राणाको जस्तो भएको भन्दै असन्तुष्टि व्यक्त गरे । अहिले पनि जनता, पार्टी र सिद्धान्तलाई अमुक नेताको स्वार्थ पूरा गर्ने साधनमात्र बनाइएको उनको आरोप थियो।

हिजो जनताका गीत गाउनेलाई जेल हाल्थे, सुन्नेको कान फुटाइन्थ्यो तर अहिले आफ्नो कुरा सहजै गाउन भन्न पाइन्छ तर भरिया, किसान, अन्य मजदुरको जीवन अझै बदलिएको छैन ।

कार्यक्रममा विमल निभाको रचनामा आफ्नै स्वर÷संगीत रहेको 'ओ जनता महान्' गीत गाउँदै उनले शासन व्यवस्थामा नागरिक सर्वशक्तिमान भएको उल्लेख गरे । अन्त्यमा उनले प्रमोद प्रधानको रचना तथा संगीत रहेको 'तिमी देऊ तिम्रा हातहरू, म दिन्छु मेरा हातहरू' बोलको गीत सुनाएर न्याय प्राप्ति र परिवर्तनका लागि एकजुट हुन सबैलाई आह्वान गरे । 'आफू उठ्नका लागि संगठन नबनाउनुस् देश उठाउन संगठन बनाउनुस्' उनले भने, हामी दास होइन, हुनु हुँदैन । जनताको सेवा गर्दासम्म नेतालाई साथ दिऔं, सेवा नगरी स्वार्थमा लागे नेता बदल्नुपर्छ ।'

कार्यक्रममा साहित्यकार तथा अन्वेषक प्रेम छोटाले मुलुकलाई पार्टी, साथी र जातिभन्दा माथि उठेर देश र जनताको सेवामा काम गर्ने नेता आवश्यक रहेको बताए । राज्य र सत्ताबाट कहिल्यै सेवा सुविधा नलिएरै आफ्नो जीवन जनतामा समर्पित गर्ने गायक रामेशबाट अहिलेका नेताहरूले पाठ सिक्न आवश्यक रहेको उनको भनाइ थियो ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.