पोखरामा चिनिया पर्यटक घटे,भारतीय पर्यटक बढे

पोखरामा चिनिया पर्यटक घटे,भारतीय पर्यटक बढे

पोखरा : भूकम्पपछि घटेको चिनिया पर्यटकको आगमन अझै नबढ्दा सुस्ताएको पोखराको पर्यटन उद्योगलाई पछिल्लो समयमा भारतीय पर्यटकको आगमन बढेपछि राहात मिलेको छ । भूकम्पपछि घटेको भारतीय पर्यटक आगमन नाकावन्दीपछि करिव शुन्यमा पुगेको थियो । पछिल्लो समयमा भारतीय पर्यटकको आगमन बढेपछि पोखरेली पर्यटन व्यवसायीले राहात मिलेको बताएका हुन् ।
नयाँ बर्ष २०७४ को सुरुको महिनादेखि असार दोस्रो हप्तासम्म गत बर्ष भन्दा भारतीय पर्यटकको आगमन बढेपछि चिनीया पर्यटकको कम आगमनलाई बढेको भारतीय पर्यटकको आगमनले राहात मिलेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचनले बताउनु भयो । अहिले पोखराका होटलमा कुल पर्यटकमा ६० प्रतिशत भारतीय पर्यटक रहेका छन् । २० प्रतिशत चिनिया र बाँकी आन्तरिक र युरोप अमेरिकन लगाएतका देशका पर्यटक रहेको अध्यक्ष तुलाचनले जानकारी दिनुभयो ।
भूकम्प जानुअघि चिनियाँ र भारतीय पर्यटकको आगमनको तुलनामा भूकम्प र नाकावन्दीपछि ७० प्रतिशतले पर्यटकको आगमन घट्दा होटल रेष्टुरेण्ट मात्र होइन साहासिक खेल प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपफ्लायर, बञ्जीजंम्प लगाएतका खेल पर्यटन प्रभावित भएको थियो । सन् २०१२ देखि चिनियाँ पर्यटकको आगमन बढ्ने क्रमसंगै पोखराको साहसिक हवाई खेल पर्यटनमा लगानी ह्वात्तै बढेको थियो ।
प्याराग्लाईडिङ गर्न बढी रुचाउने चिनियाँ पर्यटकले अल्ट्रालाईटवाट समेत पोखराको दृश्यावलोकन गर्नुको साथै वंञ्जिजम्ंप लगाएतका साहसिक खेलमा समेत उत्तिकै ै सहभागीता बढ्दा पोखराको साहीसक खेल पर्यटनले फड्को मारेको थियो । पछिल्लो समयमा चिनियाँ पर्यटकको छोटो दुरीको पदयात्रामा समेत बढ्दै गर्दा भूकम्प र नाकावन्दीपछि साहसिक खेल मात्र होइन पर्यटन उद्योग नै प्रभावित भएको अनुभव नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष सोभित बाँनियाले सुनाउनु भयो ।
बजेट कम भएका चिनियाँ पर्यटक पछिल्लो समयमा तिब्बत हुँदै तातोपानी नाकावाट नेपाल आउने क्रम बढेको थियो । यहि कारणले साहसिक खेल पर्यटनको पोखरामा विकास भएको थियो । भूकम्पले तातापानी नाका वन्द भएपछि घटेको चिनिया पर्यटकको आगमन अझै उकासिन नसक्दा पर्यटन उद्योग प्रभावित भएको हो । सन् २०११ अघि सम्म जेठ देखि भदौको पहिलो हप्तासम्म अफ सिजन मानिन्थ्यो । २०१२ देखि पोखरा चिनियाँ पर्यटकको रोजाई बन्दै आएपछि सहसिक खेल पर्यटन उकासिएको थियो । भूकम्पपछि तातोपानी नाका बन्द हुनु र नाकावन्दीपछि चिनियाँ विमानले नेपाल उडान रोक्नुले चिनियाँ पर्यटकको आगमन ह्वात्तै घटेको थियो ।
पछल्लो समयमा गर्मी छल्न भारतीय पर्यटकको आगमन बढेसंगै पर्यटन उद्योगमा राहत मिलेको एभिया क्लवका मेनेजर रिजन रिजालले सुनाउनु भयो । अहिले साहसिक खेल अल्ट्रालाइटवाट पोखराको दृश्यावलोकन गर्ने पर्यटक मध्ये करिव ८० प्रतिशत भारतीय पर्यटक रहेको उहाँले सुनाउनु भयो । प्याराग्लाइडिङ गर्ने पर्यटक पनि करिव ६० प्रतिशत भारतीय पर्यटक रहेको नेपाल हवाई खेलकुद संस्थाका उपाध्यक्ष बाँनियाले जानकारी दिनु भयो । अहिले दैनिक एक सय ५० प्याराग्लाइडिङ उडान हुने गरेको उहाँले सुनाउनु भयो । भूकम्पअघिसम्म यतिबेला ८० प्रतिशत भन्दा बढी चिनिया पर्यटक पोखरामा हुन्थे अहिले भने मुस्किलले २० प्रतिशत चिनिया पर्यटक रहेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष तुलाचनले सुनाउनु भयो ।
पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी दर्ता भएपनि ४५ प्याराग्लाइडिङ कम्पनी संचालनमा छन् । एक अरव भन्दा बढी लगानी रहेको प्याराग्लाइडिङ व्यवसायमा सिजनमा करिव एक सय ५० प्यारापाइलोटले रोजगारी पाउँछन् । विदेशी प्यारापाइलोटले पनि सिजनमा व्यवसायिक उडान भर्न आउँछन् । ३ अल्ट्रालाईट कम्पनीका १४ अल्ट्रालाईट (पुतली जहाज) मा अझ बढी लगानी रहेको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.