भुइँमान्छेका कुरा

भुइँमान्छेका कुरा

काठमाडौं : अस्पतालमा लास पोस्टमार्टम गर्ने मान्छेको कथा बोकेको चलचित्र ‘भुइँमान्छेु को नयाँ टिजर दर्शकमाझ आएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी चलचित्रको टिजर सार्वजनिक गरिएको हो । स्तर, प्रयोग र विषयका दृष्टिले नयाँ चरणमा प्रवेश गरिरहेको नेपाली चलचित्र क्षेत्रमा सम्भवतः यो विषयलाई पहिलो पटक पर्दामा उतारिएको हो । 

नवराज बुढाथोकीको कथा, पटकथा, संवाद एवं निर्देशन रहेको यो चलचित्रमा रोहिणी भट्टराई प्रमुख निर्माता हुन् भने निरूपाराज्यलक्ष्मी थापा र हरि यादव सहनिर्माताका रूपमा रहेका छन् । अभिनेता रमेश बुढाथोकीले शीर्ष भूमिकामा अभिनय गरेको यस चलचित्रमा रमेशका साथै सिपोरा गुरुङ, सहिन प्रजापति, रोहिणी भट्टराई, बादल भट्ट, रामबाबु रेग्मी, शशांक बोहोरा, आर्यान नेउपाने, सानु ताम्राकार, सौरभ ढकाल, हरि यादव आदिले अभिनय गरेका छन् ।
टिजर रिलिज कार्यक्रम चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यमा भएको थियो ।

‘चलचित्रमा सबैले नयाँ विषय, नौलो प्रस्तुति हुनुपर्छ भनिरहेको बेला चलचित्र भुइँमान्छेले साँच्चिकै नयाँ विषय उठाएको छ, प्रमुख अतिथि राईले भने, ‘चलचित्र उद्योगमा सबैभन्दा पहिले निर्माताको लगानी सुरक्षित हुनुपर्छ । तबमात्रै उद्योग टिक्न सक्छ । त्यसैले चलचित्रले राम्रो व्यापार गर्न सकोस् । कार्यक्रममा अभिनेता रमेश बुढाथोकीले यस चलचित्रमा आफूले निकै चुनौतीपूर्ण भूमिमा निर्वाह गरेको बताउनुभयो ।

चलचित्रका निर्माता भट्टराईले यस्तो विषयमा यसअघि नेपाली चलचित्र निर्माण नभएको दाबी गर्दै नयाँ विषय भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । ‘चलचित्र निर्माणमा हामीले धेरै मेहनत गरेका छौं । नयाँ विषयमा चलचित्र बनेकाले दर्शकको साथ पाउने विश्वास लिएका छौुं, निर्माता भट्टराईले भने । निर्देशक बुढाथोकीले फिक्सन चलचित्र भए पनि यथार्थसँग सम्बन्धित भएको बताउनुभयो । यो चलचित्र भदौ २ गते रिलिज हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.