पचास लाख नेपालीले लिए एमआरपी
काठमाडौँः झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् । बितेका साढे छ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।
राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन् । विभागले राहदानीबाट रु १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार तीन सय राजस्व सङ्कलन गरेको छ ।
उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस !
४