दोस्रो चरणको स्थानीय चुनावमा मतदाताहरुको उत्साहजनक सहभागीता

दोस्रो चरणको स्थानीय चुनावमा मतदाताहरुको उत्साहजनक सहभागीता

काठमाडौं : स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने प्रदेश नम्बर १,५,७ मा मतदान भइरहेको छ । निर्वाचनका लागि ६४ लाख ३२ हजार सात सय ६५ जना मतदाता छन । तीन वटा प्रदेशमा चार हजार पाँच सय ८१ वटा मतदान केन्द्रमा मतदाताहरु बिहान ५ बजेदेखि नै लाइनमा बसेका छन् । 

स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि हुन लागेको हो । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।


छाता ओढेर मतदाता मतदान गर्न प्रतिक्षारत छन् । अछाममा मध्यरातदेखि मुसलधारे पानी परेको छ । अहिले पनि पानी पर्नेक्रम नरोकिए पनि पानीको मात्रा भने घट्दै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.