दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान सुरु, विहान पाँच बजे देखि नै मतदाता लाईनमा

दोस्रो चरणको निर्वाचन अन्तर्गत मतदान सुरु, विहान पाँच बजे देखि नै मतदाता लाईनमा

काठमाडौं: दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तर्गत तीन वटा प्रदेशमा मतदान सुरु भएको छ । विहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान गर्न विहान ५ बजे देखि नै मतदाता लाईनमा बसेको हाम्रा प्रतिनिधिले जनाएका छन् । विभिन्न ठाउँमा बर्षातका कारण निर्वाचन केही प्रभावित हुने देखिएपनि मतदाता बर्षाको पर्वाह नै नगरी मतदानका लागि लाईनमा बसेका छन ।


आज प्रदेश नं. १, ५ र ७ मा निर्वाचन हुँदैछ । ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । यसका लागि देशभर चार हजार ५८१ मतदानस्थलमा आठ हजार ३६४ मतदान केन्द्रको व्यबस्था गरिएको छ ।

मतदान बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरी मतदान गर्नसक्ने आयोगले व्यवस्था मिलाएको छ । स्थानीय तहको निर्वाचन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि हुन लागेको हो ।


स्थानीय तह दोस्रो चरणको निर्वाचनमा एक महानगरपालिका, सात उपमहानगरपालिका, एक सय ११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.