'भारतबाट फाइदा नभए ट्रम्पको ध्यान अन्यत्र'

'भारतबाट फाइदा नभए ट्रम्पको ध्यान अन्यत्र'

डेलावेयर : डोनल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो पहिलो अमेरिका भ्रमण हो ।ट्रम्प प्रशासनले पनि भारतसँगको सम्बन्धमा अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले अँगालेकै नीतिलाई निरन्तरता दिएको अहिलेको अमेरिका भ्रमणमा मोदीलाई प्रष्ट जानकारी दिइसकेको छ । ओबामाको कार्यकालमा अमेरिकाले भारतलाई एउटा इन्टेलिजेन्स सोर्सका रुपमा लिने गरेको थियो । अमेरिकालाई लाग्थ्यो भारत उसको रक्षा मामिलामा उसको सहयोगी पनि बन्न सक्छ ।

यसबाहेक अर्को महत्वपूर्ण कुरा पछिल्ला दुई दशकमा भारतीय अर्थव्यवस्थामा धेरै सुधार भएको छ । खासमा अहिलेको ठूलो भारतीय बजार देखेर अमेरिका लोभिएको छ, जबकि पहिले यस्तो थिएन ।तर के अमेरिका–भारत सम्बन्ध ओबामा प्रशासनताका जस्तै सुमधुर छ भनेर भन्नसक्ने अवस्था छैन । किनभने दुवै देशबीच केही नयाँ आयाम उत्पन्न भएका छन्, जसबारे चर्चा गर्नु अत्यन्त आवश्यक छ ।जहाँसम्म पाकिस्तानसँगको सम्बन्धको कुरा छ, अमेरिकालाई यो राम्ररी हेक्का छ कि यो भारतीय छिमेकीसँगको सम्बन्धलाई निरन्तरता दिन आवश्यक छ ।

किनभने एक त यो सम्बन्धको आवश्यकता अमेरिकालाई आफ्नो सुरक्षाका लागि छ । यदि पाकिस्तानसँग अमेरिकी गुप्तचर एजेन्सीहरूको तालमेल निरन्तर नभए उसका लागि ठूलै संकट पर्न सक्छ । खासगरी अफगानिस्तानमा अमेरिकाको उपस्थिति सुरक्षित राख्न पनि उसलाई पाकिस्तानसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बाध्यता छ ।

यो रणनीतिक बाध्यता हुँदैनथ्यो भने पाकिस्तानसँग अमेरिकाको सम्बन्ध सम्भवतः निकै खराब हुन्थ्यो, किनभने पाकिस्तान यस्तो देशको जहाँ विश्वका अन्य देशको तुलनामा अमेरिकाविरोधी भावना सबैभन्दा बढी छ ।
भारतसँगको सम्बन्धबारे भने केही फरक छ । अमेरिका भारतसँग सम्बन्ध जोड्न चाहन्छ तर भारततिरबाटै केही तगारा तेर्सिएका छन् । एक त भारत आफूलाई सुपर पावर र आफूलाई विश्वको प्राचीन सभ्यता ठान्छ । तर अमेरिकाले भारतलाई त्यो दृष्टिकोणबाट हेर्दैन बरु उसको नजरमा भारत एउटा समृद्ध हुँदै गएको अर्थव्यवस्था र लोकतन्त्र हो ।

त्यसमाथि भारत अमेरिकाका प्रतिद्वन्द्वी रुस, इरान र चीनजस्ता देशसँग निकट सम्बन्ध राख्न चाहन्छ । तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा भारतसँग अमेरिकाको व्यापार घाटा बढ्दै गइरहेको छ, जुन महिनैपिच्छे करिब ४० अर्ब अमेरिकी डलर बराबर पुगेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पसामु तत्काल तेर्सिएको सबैभन्दा ठूलो समस्या भारतसँगको व्यापार घाटा नै हो ।

भारत–अमेरिकाको सुदृढ हुँदै गएको सम्बन्धको प्रमुख पाटो व्यापार हो र यदि भारतसँग अमेरिकालाई व्यापारिक फाइदा भएन भने ट्रम्पको भारतसँग अभिरुची नरहन सक्छ । जस्तो कि भारतले अमेरिकासँग लडाकु जहाज खरिद गरेन, भारतमा अमेरिकाले लगानी गर्न पाएन र एचवनबी भिसाको समस्या सल्टिएन भने ट्रम्पले चीन, रुस र मध्यपूर्वतर्फ आफ्नो ध्यान केन्द्रीत गर्न थाल्नेछन् ।

केही समयअघि मात्र ट्रम्पले गरेको साउदी अरेबियाको भ्रमणबाट अमेरिकालाई ४ सय अर्ब अमेरिकी डलरको फाइदा भएको थियो । त्यसको तुलनामा मोदीको भ्रमणबाट अमेरिकालाई भएको फाइदा हो जम्माजम्मी २ अर्ब अमेरिकी डलर, त्यो पनि ड्रोन बेचेर जबकि साउदीले लडकु जहाज किनेको थियो ।
(बीबीसीबाट साभार यो लेख प्रोफेसर मुक्तदर खानले लेखेका हुन् ।)

यो पनि पढ्नोस्

यसरी गरियो हिटलरसँग ट्रम्पको तुलना


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.