५५ औँ शिशु प्रदर्शनी साउन २०मा

५५ औँ शिशु प्रदर्शनी साउन २०मा

काठमाडौँ: हरेक वर्ष झैँ यस वर्ष परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले साउन २० गते ५५ औँ शिशु प्रदर्शनी आयोजना गर्ने भएको छ।
प्रसूति गृहमै जन्मेका एक वर्षसम्मका शिशुलाई प्रदर्शनीमा सहभागी गराइने छ।

अस्पतालका नासु तथा शिशु प्रदर्शनीका संयोजक राजु वैष्णवले आफ्ना शिशुलाई प्रदर्शनीमा सहभागी गराउन चाहने अभिभावकले गर्भावस्थामा जाँच गराएको कार्ड (एन्टिनेटर कार्ड), शिशुको जन्म प्रमाणपत्र, खोप कार्ड र तस्बिरसहित अस्पतालमा दरखास्त दिन सक्ने बताउनुभयो।त्यसका लागि असार १३– साउन १२ गतेसम्म दरखास्त दिन सकिने अस्पतालले जनाएको छ।

जन्मेदेखि ४५ दिनसम्म, ४६ दिनदेखि छ महिनासम्म र छ महिना एक दिनदेखि एक वर्षसम्म गरी छुट्टाछुट्टै तीन उमेर समूहका शिशुलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार दिइने छ।

बालविशेषज्ञ चिकित्सकसहितको टोलीले शिशुको अवस्था, तौल, खानपानलगायत आमासँग परिवार नियोजन साधन र बच्चाको स्याहार गर्ने तरिकाबारे जानकारी लिएपछि उत्कृष्ट शिशु घोषणा गरिने छ।

किशोरमैत्री यौन तथा प्रजनन सेवा तयारी

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै आएको मेरी स्टोप्स नेपालले आफ्ना सबै सेवा केन्द्रलाई किशोरकिशोरीमैत्री बनाउने तयारी गरेको छ।हाल चार जिल्लामा रहेको सो सेवालाई विस्तार गर्न लागिएको बताइएको छ।

मेरी स्टोप्स नेपालका युवा तथा नवविवाहित परियोजनाका म्यानेजर निलिमा राउतले अहिले मेरी स्टोप्सबाट काठमाडौँ, मोरङ र पर्सा जिल्लामा किशोरमैत्री कार्यक्रम सञ्चालन गरिए पनि सन् २०१८ सम्ममा देशभरका ३६ वटै मेरी स्टोप्स केन्द्रमा सो सेवा सुरु हुने बताउनुभयो।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.