युरोप, अमेरिका भ्रमणबाट फर्किए मोदी

युरोप, अमेरिका भ्रमणबाट फर्किए मोदी

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोप अमेरिकाको चार दिने भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किनुभएको छ । उहाँ औपचारिक भ्रमणका लागि पोर्चुगल, नेदरल्याण्डस् र संयुक्त राज्य अमेरिका जानुभएको थियो । उक्त भ्रमण सकेर उहाँ बुधबारै स्वदेश फर्किनु भएको समाचारमा जनाइएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले प्रकाशन गर्नुभएको संक्षिप्त विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री मोदी अमेरिका, पोर्चुगल र नेदरल्याण्ड्सको भ्रमण सफलतापूर्वक सम्पन्न गरी बुधबार बिहान स्वदेश फर्किनुभएको छ ।

उहाँलाई नयाँ दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुषमा स्वराजले स्वागत गर्नुभएको थियो। उहाँको भ्रमणका क्रममा पोर्चुगलसँग विभिन्न ११ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । त्यस्तै नेदरल्याण्डस्सँग पनि विभिन्न तीन वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

त्यस्तै संयुक्त राज्य अमेरिकाको भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको र उहाँहरुले द्विपक्षीय सम्बन्ध सुदृढिकरण र आपसी हितका विषयमा वार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदी सो भ्रमणका लागि गत शनिबार पोर्चुगलतर्फ प्रस्थान गर्नुभएको थियो । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.