दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

दक्षिण कोरियाली राष्ट्रपति अमेरिका प्रस्थान

सोल: दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति मुनको यो पहिलो विदेश भ्रमण हो। उहाँ महिना दिन अघि मात्र दक्षिण कोरियाको राष्ट्रपतिमा स्पष्ट बहुमतका साथ निर्वाचित हुनुभएको थियो। उहाँ यसै हप्ता अमेरिका जान लाग्नुभएको र त्यहाँ उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्नुहुने समाचार यसअघि नै कोरियाली सञ्चारमाध्यममा आएको थियो।

अमेरिका प्रस्थान गर्नुअघि राष्ट्रपति मुनले आफ्नो अमेरिका भ्रमणका समयमा आफूले उत्तर कोरियाका कारण कोरियाली प्रायद्वीपमा जारी रहेको अशान्तिको अवस्था हटाउन निशस्त्रीकरणका विषयमा वार्ता गर्ने बतानुभएको थियो।

उहाँले कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि आफूले अमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यक परामर्श गर्ने र भ्रमणका क्रममा हुने वार्ताले आपसी हित र द्विपक्षीय सम्बन्ध सुदृढिकरणमा सहयोग पुर्‍याउने बताउनुभयो।

उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिणको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ। साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरु उत्तर कोरियाले आक्रामक रुपमा दिने गरेको छ। राष्ट्रपति मुनले यस विषयमा पनि अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नुहुने समाचारमा जनाइएको छ।

उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दक्षिण कोरियाको छ।

त्यसैगरी अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पनि हालैमात्र दिनुभएको एक सार्वजनिक अभिव्यक्तिमा उत्तर कोरियाको कदम खतरनाक रहेको र भोलिका लागि यी कदमहरु विश्वकै खतरा हो भन्नुभएको थियो।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियाको हतियार कार्यक्रम आफ्नो विदेश नीतिको प्राथमिकतामा रहेको बताइरहनुभएका बेला राष्ट्रपति मुनको यो अमेरिका भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ।

केही दिनमात्र अघि पनि उत्तर कोरियाले अमेरिकाका विरुद्धमा राजधानी प्योङयाङ्मा जुलुस प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका थिए। रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.