विराटनगर महानगरको मतगणना सीसी क्यामेराको निगरानीमा

विराटनगर महानगरको मतगणना सीसी क्यामेराको निगरानीमा

विराटनगर : विराटनगर महानगरपालिकामा सीसी क्यामेराको निगरानी रहेको स्थलमा मतगणना गर्ने तय भएको छ।

विराटनगरको आदर्श विद्यालयमा महानगरपालिकाको मत गणना गर्ने तयारी गरिए सँगै गणनास्थलमा सीसी क्यामेराबाट निगरानी गरिने भएको हो। पहिलो चरणको निर्वाचनको मतगणनाका क्रममा चितवनको भरतपुर महानगरको मतपत्र च्यातिएसँगै विराटनगरमा सावधानी अपनाउन राजनीतिक दलहरु पनि सहमत भएका हुन्।

विद्यालयमा सीसी क्यामेरा जडान गरिएको कक्षाकोठामा मत गणना गर्न लागिएको मोरङका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘विद्यालयमा सीसी क्यामेरा जडान गरिएकाले गणनाका बेला कुनै घटना नहोस भन्न सावधानी अपनाएको हो।’

आदर्श विद्यालयमा बिहीबार बिहानबाट मत गणना गर्ने विषयमा राजनीतिक दलहरु समेत सकारात्मक देखिएका छन्। मत गणना बिहीबार नै गर्ने तयारी गरिएको पोखरेलले जानकारी दिनुभयो। विराटनगरसहित मोरङमा ७० प्रतिशतमत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.