सिसि क्यामेराको निगरानीमा विराटनगर महानगरको मतगणना
विराटनगरः विराटनगर महानगरपालिकामा मत गणना गर्न विलम्ब भएको छ । सर्वदलीय बैठक गरेर बिहिबार साढे ११ बाजेबाट मत गणना सुरु गर्ने सहमति भएको थियो । तर, दलका प्रतिनिधिहरु मत गणनास्थलसम्म आई नसकेका कारण मत गणना गर्न विलम्ब भएको छ ।
मुुख्य निर्वाचन अधिकृत विनोद कुमार पोखरेलले दलका प्रतिनिधि आउन केही ढिला भएकोले मत गणनाको काम सुरु गर्न नसकिएको जानकारी दिनुुभयो । पोखरेलले भन्नुुभयो,‘प्रतिनिधिलाई परिचय पत्र दिनेलगायत सबै काम पूरा भई सकेकोले उहाँहरु आउनासाथ गणना थाल्छौं ।’
विराटनगर महानगरको मत गणना आदर्श विद्यालयमा सिसि क्यामेराको निगरानीमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस !
४