गार्इ बचाउने नाममा मान्छे मार्न पाइँदैन : मोदी

गार्इ बचाउने नाममा मान्छे मार्न पाइँदैन : मोदी

साबरमती : भारतीय राज्य गुजरातको साबरमतीमा प्रधानमन्त्री नरेन्द्र मोदीले गाईभक्तिका नाममा मान्छे मार्नु गलत भएको बताएका छन् । ‘गाईभक्तिको नाममा भइरहेका हत्या स्विकार्य छैनन् । गाई भक्तिको नाममा मान्छे मारिनुमा महात्मा गान्धी भए पनि असहमत हुन्थे', अहमदाबादको साबरमती आ श्रमको सय वर्ष पूरा भएको अवसरमा भएको समारोहमा गौरक्षाबारे प्रधानमन्त्री मोदीले भने, ‘हामी कस्ता मान्छे हौं, जो गाईका नाममा मानिसको हत्या गर्छौं ? के यो गौरक्षा हो, के कुनै मानिसलाई त्यसै मार्न पाइन्छ ? '

प्रधानमन्त्री मोदीले झुक्किएर कुल्चँदा एउटा बालकको मृत्यु भएपछि एउटा गाईले कसरी केही नखाई प्राण त्याग गर्‍यो भन्ने कथा पनि सुनाएका थिए । आफ्नो छिमेकमा यस्तो घटना भएको सुनाउँदै उनले अहिले एउटा मान्छेले गौरक्षाको नाममा गरिरहेको अर्को मान्छेको हत्याको निन्दा गरे । ‘आज जब म सुन्छु कि गाईको नाममा कुनै मानिसको हत्या भइरहेको छ । उ निर्दोष छ छैन, त्यो छुट्याउने काम कानुनको हो', प्रधानमन्त्री मोदीले भने, ‘मानिसलाई कानुन आफ्नो हातमा लिने अधिकार छैन । हिंसा कुनै पनि समस्याको समाधान होइन ।'

झारखन्डमा मुस्लिम युवकको हत्या

प्रधानमन्त्री मोदीले अहमदाबादमा गाईको नाममा मान्छे मार्नु गलत भन्दै कडा निन्दा गरिरहेकै बेला भारतीय राज्य झारखन्डमा भीडले एक जना मुस्लिम युवाको हत्या गरेको छ । झारखन्डको राजधानी राँचीसँग जोडिएको रामगढमा मासु लगिरहेका अलिमुद्दिन अन्सारी नामका एक युवकलाई भीडले कुटेर हत्या गरेको हो। क्रुद्ध भीडले ती युवकको गाडीमा पेट्रोल छर्केर आगो लगाइदिएको थियो । घटनापछि त्यस क्षेत्रमा तनाव उब्जेको छ र राज्यका वरिष्ठ प्रहरी अधिकारीहरू त्यहाँ पुगेका छन् ।

एक जना प्रत्यक्षदर्शीले बताए अनुसार मानिसहरूले अलिमुद्दिनको कारमा गाईको मासु छ भन्दै होहल्ला गर्न थालेपछि भीड बढ्दै गएको थियो । यसपछि भीडले उनको गाडी घेरेर उनलाई बाहिर निकाली कुटपिट गरेको थियो । यसबीच केही व्यक्तिले पेट्रोल छर्केर उनको गाडीमा आगो लगाएका थिए ।
घटनाको सूचना पाउनासाथ पुगेको प्रहरीले अलिमुद्दिनलाई भीडबाट बचाए पनि उपचारका क्रममा केही घन्टापछि नै राँचीको एउटा अस्पतालमा उनको मृत्यु भएको थियो ।

झारखन्डका प्रहरी प्रवक्ता तथा आईजी आरके मलिकले मृतक अलिमुद्दिन रामगढ जिल्लाको गिद्दी थाना क्षेत्रका बासिन्दा भएको र उनीविरुद्ध आपराधिक मुद्दा चलेको बताए । प्रहरीका अनुसार उनले एउटा बालकको अपहरण र हत्याको मुद्दामा एकपल्ट कैद भोगीसकेका थिए । अहिले भने उनी मासुको व्यापार गरिहेका थिए । मलिकले अलिमुद्दिनको हत्या पूर्वनियोजित भएको दाबी गरेका छन् ।

मलिकले भने, ‘मासुको व्यापार गरेका कारण केही व्यक्ति उनीसँग रकम असुल्ने गरेका थिए । यसबारे विवाद भएपछि अपराधीहरूले उनको हत्याको षडयन्त्र गरेका हुन् ।' मलिकका अनुसार बिहीबार अलिमुद्दिन घरबाट निस्कनासाथ केही मानिसले पिछा गरेका थिए । बजारमा पनि पहिलेदेखि नै उनलाई ढुकेर बसेका केही मानिसले गाईको मासु लगेको हल्ला फिँजाए र यसको आवरणमा उनको हत्या गरेको प्रवक्ता मलिकको दाबी थियो । ‘यस मामिलामा प्रहरीले एफआईआर दर्ता गर्दैछ', उनले भने, ‘घटनाको छानबिन हुन्छ । मासुको नमुना प्रयोगशालामा परीक्षण गरेपछि कुन जनावरको हो थाहा हुनेछ ।'

घटनापछि राष्ट्रिय जनता दल अध्यक्ष लालुप्रसाद यादव राँची पुगेका छन् । उनले अहिले भारतमा बढ्दै गएको भीडले कुटेर भइरहेका हत्याको निन्दा गरे । उनले अहिले त्यहाँको स्थिति ठ्याक्कै गुजरातको गोधरा काण्डपछि जस्तै रहेको बताए । प्रधानमन्त्री मोदी गुजरातको मुख्यमन्त्री भएका बेला गोधरा काण्ड भएको थियो ।

अलिमुद्दिनको हत्याको एक दिनअघि बुधबार पनि गिरिडिह जिल्लामा मरेको एउटा गाईसम्बन्धमा भएको हिंसामा भीडले एक जना मुस्लिम वृद्धलाई कुटपिट गरी घरमा आगो लगाइदिएको थियो । सिकिस्त वृद्धको अस्पतालमा उपचार भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.