घाटमा अक्षरयात्री

घाटमा अक्षरयात्री

पोखरा : मृत्युपछि अन्तिम संस्कारका लागि मानिस घाट पुग्छ, पुर्या‍इन्छ। अथवा आफन्त बित्दा मलामी बनेर घाट पुग्ने अर्काे कर्म आइपर्छ। घाट मृत्यु बिम्व हो। शनिबार सेतीनदीको रामघाटमा एउटा समूह पुगेको थियो, जो कसैको मलामी थिएन।

रामघाट वास्तवमा मृत्यु संस्कारको थलोमात्रै नभई कतिपयको जीवन गुजाराको माध्यम पनि हो। थुप्रैले गिटीबालुवा बटुलेर कमाइ गर्छन्। सेती नदीको दोहोन र नदीले गरेको किनारको दोहोन दुवैको साक्षी बसेको त्यो समूहका सहभागीले आफ्ना अनुभूतिलाई काव्य रुप दिए। गजल सन्ध्या पोखराले उनीहरुलाई रामघाटमा भेला पारेको थियो। सन्ध्याका अध्यक्ष अमृत सुवेदीले भने, ‘साहित्यमा जीवन र जगत अटाउनुपर्छ। प्रकृति र त्यसमा आश्रित मान्छेलाई नजिकबाट नियालेर स्थलगतरुपमै सिर्जना कोर्न सकियोस् भनेर रामघाट आएका हौं।’

रामघाटको स्थलगत अवलोकनपछि ३५ जनाले कविता, गजल, मुक्तक र गीत सिर्जनामात्रै गरेनन्, आपसमा सुनाए पनि। वसन्त चालिसे, भीम घिमिरे, डा. वसन्त गौतम, डा. चैतन्य अधिकारी, अल्पज्ञानी, सञ्जीव पौडेल, कपिल शर्मा, बिर्सना बस्नेत, विकास मगर, गौरी तमु, रीता लामिछाने, चन्द्रावती वाग्ले, शीतल गिरी, सविता सापकोटा, बालिका अभिलासी, थापा योगमाया, सोम लम्साल, धु्रव बराल, वसन्त विनोद, संगम भट्टराई, माया कुँवर, मिर्मिसा पराजुली, खिम लामिछाने, रीता अधिकारी, ज्वलन्तप्रेमी, केआर ढकाल, हिम्मत केसी, अर्जुन नेपाल, धु्रव बराल लगायतले रचना वाचन गरे।

सेतीको दोहनलाई संकेत गर्दै कवि श्रेष्ठले प्रकृतिबाट मानिसको हानिभन्दा पनि मानिसबाट प्रकृतिमाथि नोक्सान हुँदै आएको विचार व्यक्त गरे। नदीको मापदण्ड मिचेर आफैले विपत्ति निम्त्याउने मानवीय कर्मप्रति उनले व्यङ्ग्य गरे।

विशेष अक्षरयात्रीको रुपमा चितवनका कवि प्रशन्न घिमिरेलाई आयोजकले निम्त्याएका थिए। उनले सिर्जनाहरु मान्छेमाथि मात्रै केन्द्रित भएको धारणा राखे। उनले पर्यावरणकै २ कविता सुनाएका थिए। ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’ भन्ने नारासहित गजल सन्ध्या र नवनीतले प्रत्येक महिनाको तेस्रो शनिबार अक्षर यात्रा चलाउँदै आएको छ। सेती नदीको पर्यावरणीय अवस्थालाई साहित्यमा उतार्ने उद्देश्य राखेका अक्षरयात्रीलाई यात्रास्थल रामघाट बनाउन पोखरा महानगरपालिकाले प्रेरितसमेत गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.