कतारको प्रतिउत्तरको जवाफ दिने तयारीमा नाकावन्दी लगाउने साउदी नेतृत्वको समूह

कतारको प्रतिउत्तरको जवाफ दिने तयारीमा नाकावन्दी लगाउने साउदी नेतृत्वको समूह

दुबई : कतारले कुवेत मार्फत पठाएको जवाफको प्रतिउत्तर दिने तयारीमा रहेका साउदी नेतृत्वको खाडी मुलुकका विदेशमन्त्रीहरुको बैठक कायरोमा बसिरहेको छ ।
इजिप्टले आयोजना गरेको साउदी अरव,यूएइ,बहराइन र इजिप्टका विदेशमन्त्रीहरुको बैठकले कतारले पठाएको जवाफको प्रतिउत्तर दिने तयारी गरेको हो ।
‘कतारले जवाफ पाउनेछ’ साउदी समाचार एजेन्सीले अधिकारीहरुलाई उघृत गर्दै भनेको छ ।

कतारले कुवेतका राजा मार्फत आफू माथि नाकावन्दी लगाउने साउदी नेतृत्वको समूहले अगाडि सारेका १३ बुँदे पत्रको जवाफ पठाएको हो । विदेशमन्त्रीहरुको कायरोमा बैठक बस्नु अघि ती चार मुलुकका गुप्तचरका अधिकारीहरुको मंगलबार छलफल भएको थियो ।


मुस्लिम ब्रदरहुडलाई सहयोग बन्द गर्नु पर्ने,अलजजिरा मिडिया नेटवर्क बन्द गर्नु पर्ने,इरानसँग कुटनीतिक सम्बन्ध राख्न नहुने र टर्किस सैन्य क्याम्प बन्द गर्नु पर्ने जस्ता शर्त साउदी नेतृत्वको समूहले कतार माथि राख्दै आएको छ । साउदी नेतृत्वको समूह राष्ट्रले करीव एक महिनादेखि नाकावन्दी लगाएपछि इरानले कतारलाई खाद्यान्न आपुर्ति गराउँदै आएको छ ।

नाकाबन्दी खोल्नका लागि कतारसँग राखिएका शर्तका बारेमा कतारले पठाएको जवाफसहितको पत्र चारवटा खाडी देशले बुधबार प्राप्त गरेको जनाएका छन् ।साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले आफ्ना शर्तहरु पुरा गर्न कतारलाई दिइएको यसअघिको चेतावनी समयमा सोमबार ४८ घन्टा थप गरेका थिए ।

ती देशहरुले विच्छेद भएको कूटनीतिक सम्बन्ध पुनस्र्थापना गरी नाकाबन्दी खोल्न १३ बुँदे शर्त राखेका छन् । उक्त चेतावनीको समयका बारेमा लेखिएको जवाफी पत्र कतारले मङ्गलबार पठाएको थियो ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले बुधबार संयुक्त विज्ञप्ति प्रकाशन गरी कतारको जवाफी पत्र प्राप्त गरेको जनाएका छन् । उनीहरुले कुवेतका राजामार्फत सो पत्र प्राप्त गरेको जानकारी पनि सो विज्ञप्तिमार्फत नै गराएका हुन् ।

“चार देशले दिएको चेतावनीको ४८ घन्टा समयभित्रै कतारले पठाएको जवाफी पत्र कुवेत मार्फत् ती देशहरुले पाएका छन्, जुन पत्र कुवेतका राजा सेख सबाह अल अहमद अल जाबेर अल सबाहको आग्रहमा आएको हो,” संयुक्त अरब इमिरेट्सको सरकारी समाचार समिति वामले लेखेको छ ।

कतारका राजाले कुवेतका राजालाई पठाएको सो पत्र कतारी विदेशमन्त्रीले कुवेती विदेशमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो। कतारका राजाले लेखेको भनिएको सो हस्तलिखित पत्र कुवेतका राजाले बुधबार यस गठबन्धनका अरु तीन देशमा पठाउनुभएको समाचारमा जनाइएको छ।

इरानसँग सम्बन्ध थप बढाएको र आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा चार देशले गत जुन ५ तारिखदेखि कतारमाथि नाकाबन्दी लगाएका छन् ।

कुवेतले सो कतार सङ्कटको समाधानका लागि मध्यस्थता गरिरहेको छ । कुवेतले कतारसँग वार्ताको पहलका लागि प्रयास गरिरहेको जनाएको छ । तर साउदी अरेबिया भने कतारसँग वार्तामा नबस्ने बताउदै आएको छ ।

कतारसँग ती अरेबियाली देशले राखेका शर्तहरुमध्येको एक कतारको टेलिभिजन अल जाजिरा बन्द गर्नुपर्ने छ । त्यसैगरी इरानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुपर्ने उनीहरुको अर्का शर्त हो ।

यस पत्र आदानप्रदानका कारण कतारको सङ्कट समाधानको बिकल्प निस्किन सक्ने अनुमान गरिएको छ । तर उता छिमेकी यी खाडी देशहरुले नै आफूमाथि अनायास राखेका यी शर्त पूरागर्न कतार भने अनिच्छुक रहँदै आएको छ । रासस/सिन्ह्वा केा सहयेागमा

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.