काठमाडाैंमा जे सनको कन्सर्ट 

काठमाडाैंमा जे सनको कन्सर्ट 

काठमाडौं : बेलायतका चर्चित गायक जे सनको काठमाडौंमा एकल कन्सर्ट हुने भएको छ । काठमाडौंको दरबारमार्गस्थित ‘डेजा भु' क्लबमा असार २८ गते बेलुकी ७ बजेबाट सुरु हुने कन्सर्ट नेपाली डीजे सेसनसहित चार घन्टा चल्नेछ । कन्सर्टमा जे सनले राइड इट, मेक माई लभ, स्टोलन, डाउन डाउन, आई एम अल योर्स, लाइक दिस लाइक द्याट, डान्स विद यु, ह्वेर यु डु गोलगायत विश्वचर्चित गीत प्रस्तुत गर्नेछन् ।

युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा हुने कार्यक्रमका बारेमा बुधबार काठमाडौंको होटल सोल्टीमा आयोजित पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा कन्सर्टको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइयो ।

आयोजकले ‘ब्लाक रिलिजन' सांगीतिक शृंखलाअन्तर्गत पहिलो शृंखलामा जे सनलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको युहानका प्रबन्ध निर्देशक सानु खानले बताए । ‘नेपालका जे सनका फ्यान प्रशस्त भएकाले उनको एकल कन्सर्ट राखिएको हो', उनले भने । जे सन आफ्नो टिमसहित असार २७ गते काठमाडौं अवतरण गर्नेछन् । अमेरिकाको न्युयोर्क बस्दै आएका उनी अमेरिकाबाट सोझै नेपाल आउन लागेका हुन् ।

कन्सर्टमा करिब ६ हजार दर्शक सहभागी हुने कन्सर्टका मार्केटिङ डिरेक्टर मन्चिन शाक्यले जानकारी दिए । २५ सय, तीन हजार र पाँच हजार रुपैयाँको टिकट तोकिएको कन्सर्टमा टिकटअनुसारको सुविधा दर्शकले पाउनेछन् । बजाज मोटरसाइकलकी बजार प्रमुख पुनम सिंहले नेपालमा जे सनका फ्यान प्रशस्त भएकाले उनको कन्सर्ट आयोजना हुनु खुसीको कुरा भएको बताइन् ।

‘ब्रिटिस आर एन्ड बी' गायक जेसन सन् २००९ देखि सन् २०१२ सम्म लगातार चार वर्ष बेलायतमा पहिलो नम्बरमा रहे । उनले सन् २००८, २००९ र २०११ गरी तीन पटकसम्म बेलायतकै उत्कृष्ट बीएमआई सङ साइटर अवार्डसमेत जितेका छन् । अमेरिकामा समेत दुई पटकसम्म उत्कृष्ट १० गायकभित्र पर्न सफल उनलाई सामाजिक सञ्जाल फेसबुकमा ७० लाख र ट्विटरमा ४० लाखभन्दा बढीले पछ्याइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.