बृहत रणनैतिक साझेदारी बिकासका लागि सि–मार्केल भेटवार्ता

बृहत रणनैतिक साझेदारी बिकासका लागि सि–मार्केल भेटवार्ता

बेइजिङ :  चिनियाँ राष्ट्रपति सि चिनफिङ र जर्मन चान्सलर एङ्गिला मार्केलबीच बर्लिनमा बिहीबार भेटवार्ता भएको छ । उहाँहरुबीच भएको सो भेटवार्तामा चीन जर्मन आपसी हितका विभिन्न पक्षमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

त्यसैगरी आगामी दिनमा यी दुई देशबीचका साझा चासोका विषयामा के कसरी अगाडि बढ्ने तथा सामुहिक लगानी र अन्य आर्थिक विकासका मुद्धामा कसरी सहकार्य गर्ने भन्ने बारेमा पनि कुराकानी भएको जनाइएको छ ।

सन् २०१४ मा चिनियाँ राष्ट्रपति सिले गर्नुभएको भ्रमणका समयमा पनि यी दुई देशको बीचमा बृहत रणनैतिक साझेदारी बिकासका बारेमा कुराकानी भएको थियो ।

उहाँहरुबीच द्विपक्षीय आपसी साझेदारिता, पारस्पारिक राजनीतिक विश्वास एवम् द्विपक्षीय संयुक्त संयन्त्रको विकासजस्ता विषयमा आगामी दिनमा सक्रिय सहभागिताका साथ अघि बढ्ने विषयमा पनि छलफल भएको थियो ।

चीनसँग जर्मनीको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् अन्य विभिन्न विषयमा सहयोग र समन्वय रहने धारणा सो भेटका क्रममा चान्सलर मार्केलले राख्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति चिनफिङले युरोपेली युनियनसँग सहकार्य र समन्वय गर्न के कसरी साझेदारी गर्न सकिन्छ भन्ने बारेमा पनि जर्मन चान्स्लर मार्केलसँग प्रस्ताव गर्नुभएको थियो ।

जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि२० को बैठकमा सहभागिताका लागि चिनियाँ राष्ट्रपति चिनफिङ बिहीबार बर्लिन पुग्नुभएको हो ।

सो सम्मेनलनमा सहभागिताका लागि विश्वका नेताहरु जर्मनी पुग्ने क्रम सुरु भएको छ । उहाँहरुका बीचमा आपसी हित र चासोका बारेमा ‘साइडलाइन’ बैठकहरु हुदैछन् । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.