फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प

हङकङ : फिलिपिन्समा बिहीबार ६.९ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले बिहीबार सो जानकारी दिएको छ ।

फिलिपिन्सको पस्ट्रानाबाट छ किलोमिटर दक्षिणपश्चिममा पर्ने इलाकामा भूकम्पको केन्द्रविन्दु भएको जनाइएको छ ।

तर यस समाचारको विस्तृत विवरणलगायत भूकम्पबाट भएको मानवीय र अन्य संरचनाको क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन । उद्वारकार्य जारी रहेको र क्षति भएको भएमा थप विवरण केही क्षणमा प्राप्त हुने प्रहरीले जनाएको छ ।

विश्वका अन्य देशको तुलानामा फिलिपिन्स बारम्बार भूकम्प जाने गर्दछ । यो पछिल्लो भूकम्प पनि शक्तिशाली रहेको बताइएको छ ।

यसैबीच प्राप्त अर्काे एक समाचारमा उक्त भूकम्पपछि सुनामीको खतरा भने नरहेको सार्वजनिक सूचना जारी गरिएको छ । रासस÷सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.