मिर्गौला फालिएको प्रकरण : क्षतिपूर्तिको लोभले विवाद

मिर्गौला फालिएको प्रकरण : क्षतिपूर्तिको लोभले विवाद

काठमाडौं : आफैँले उपचार गरी एक महिनाअघि ‘डिस्चार्ज' गराएका बिरामीका कारण प्रस्तावित मनमोहन मेडिकल कलेज एन्ड शिक्षण अस्पताल विवादमा तानिएको छ । पत्थरीको शल्यक्रिया गरेर घर फर्किएका नुवाकोट विदुरका शिवप्रसाद रिमालले उपचारमा लापरबाही भएको भन्दै न्यायका लागि प्रहरी-प्रशासन र सञ्चारमाध्यम धाउन थालेपछि अस्पताल विवादमा तानिएको हो । विवाद सुल्झाउन वार्ता र अनुसन्धान अघि बढाउनुपर्नेमा बिरामी र अस्पताल दुवै छुट्टाछुटै पत्रकार सम्मेलन गरेर आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।

रिमालले आफ्नो पत्थरीको शल्यक्रिया गर्नेक्रममा अस्पतालले मिर्गौला नै झिकिदिएको र गुपचुपमै परिवारसँग सम्झौता गरेको भन्दै न्यायका लागि प्रहरीसमक्ष पुगेको बताएका छन् । अस्पतालले भने ज्यान बचाउन मिर्गौला भिक्नुपरेको र मानवीयता अंगाल्दै रिमाल र उहाँको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको बताएको छ ।

रिमालको शल्यक्रियामा संलग्न युरोलोजिस्ट प्राडा गुणकुमार श्रेष्ठका अनुसार एक वर्षअघि वैदेशिक रोजगारीबाट फर्केका ३२ वर्षीय रिमाल कोख अत्यधिक दुखेको अवस्थामा गत जेठ २२ गते उपचारका लागि अस्पतालमा भर्ना हुनुभएको थियो । स्वास्थ्य जाँचक्रममा रिमालको दुवै मिर्गौलामा पत्थरी देखिएको थियो । बायाँ मिर्गौला भने मूत्रथैलीको नजिकै (सामान्यभन्दा फरक स्थानमा) रहेको पाइएको थियो । त्यस्तो अवस्थामा शल्यक्रिया गर्दा जटिलता आउन सक्नेबारे अस्पतालले बिरामी पक्षलाई जानकारी गराएको थियो ।

‘शल्यक्रिया गर्दा कुनै जटिलता आए चिकित्सक दोषी हुने छैनन्' भन्ने सहमतिपत्रमा समेत रिमालको परिवारलाई हस्ताक्षर गर्न लगाइएको थियो । अस्पतालका अनुसार शल्यक्रियाक्रममा आन्द्रासँग पनि मिर्गौला टाँसिएको पाइयो र उक्त मिर्गौलाको पत्थरी निकाल्दा रक्तस्राव हुन थालेकाले रिमाललाई बचाउन मिर्गौला नै झिक्नुपरेको हो । उहाँको जेठ २५ गते शल्यक्रिया भएको थियो ।

डाक्टरको कुनै लापरबाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाउनु क्षतिपूर्तिको लोभ भएको अस्पतालको दाबी ।

रिमाल र अस्पतालबीच शल्यक्रिया गर्दा मिर्गौला झिकिएकाले नकारात्मक प्रभावबाट बचाउन रिमाललाई निःशुल्क उपचार गर्ने, उहाँलाई रोजगारी दिने, पछि प्रत्यारोपण गर्नुपर्ने अवस्था आए त्यसमा सहयोग गरिदिनेलगायत ६ बुँदे सम्झौता भएपछि रिमाल घर फर्कनुभएको थियो । असार ४ गते अस्पतालका संयोजक डा. रामकुमार अधिकारी र बिरामी रिमालकी श्रीमती रञ्जुले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

हस्ताक्षर भएसँगै सेलाएको घटनामा रिमालले अचानक आफूलाई अन्याय भएको भन्दै ५० लाख क्षतिपूर्ति माग गरेको र आफूहरुको प्रतिष्ठामा आँच आउने गरी जथाभावी बोल्न थालेको अस्पतालको भनाइ छ । डाक्टरको कुनै लापरबाही नभएको र मिलिसकेको विषयलाई अहिले आएर उठाउनुमा क्षतिपूर्तिको लोभ र राजनीति भएको आरोप अस्पतालले लगाएको छ । तर रिमाल र उहाँका आफन्तले मिर्गौला झिक्नुको कारणको मागसहित ५० लाख क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ ।

आफ्नो मिर्गौला अन्य प्रयोजनका लागि झिकिएको हुनसक्ने रिमालको आरोप छ । मिर्गौला झिकेर लापरबाही गरेको र आफूलाई थाहा नदिइकन परिवारलाई प्रभावमा लिएर सम्झौता गरेको रिमालको भनाइ छ । गुपचुप गरेको सम्झौता मान्य नहुने भन्दै न्यायका लागि महानगरीय प्रहरी परिसर टेकुमा उहाँले उजुरी दर्ता गराउनुभएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.