महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

महिलाको पेटबाट झिकियो ३५ किलोको ट्युमर

काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगन्जको चिकित्सक टोलीले एक महिलाको पेटमा रहेको ३५ किलोको ट्युमर झिकेर बिरामीलाई बचाएको छ । ट्युमरका कारण जोखिममा परेकी रामेछाप गोठगाउँकी ४२ वर्षीया दिलमाया सार्कीको शल्यक्रिया गरी ट्युमर निकालिएको हो ।

जीवित महिलाको पेटबाट ३५ किलोको ट्युमर झिकिएको सम्भवतः विश्वमै पहिलोपटक भएको चिकित्सकको दाबी छ । दुई साताअघि अस्पतालका सर्जन डा.विकल्प घिमिरे नेतृत्वको २४ जना चिकित्सकको टोलीले ६ घन्टा लगाएर ट्युमर झिकेको थियो । दिलमाया स्वस्थ हुँदै गएपछि अस्पतालले शुक्रबार त्यसबारे पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

ट्युमरका कारण असहज जीवन बिताउँदै आउनुभएकी दिलमाया आफन्तको सहयोगमा असार २ गते अस्पतालमा जाँचका लागि पुग्नुभएको थियो । जाँचका क्रममा उहाँको पेटमा ठूलो ट्युमर देखिएपछि चिकित्सकले शल्यक्रियाका लागि छलफल र परामर्श गरेका थिए । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागकी पूर्वप्रमुख डा. आश्मा रानाले पाठेघर छेउछाउको तन्तुबाट पलाएको ट्युमरको सफल शल्यक्रिया भएको नेपालमा पहिलोपटक भएको र विश्वमै पनि सम्भवतः पहिलो हुन सक्ने बताउनुभयो । 

आर्थिक अवस्थाले कमजोर दिलमायाको अस्पतालले निःशुल्क उपचार गरेको हो । दिलमायाले शल्यक्रियापछि नयाँ जीवन प्राप्त गरेको भन्दै शल्यक्रियामा संलग्न सम्पूर्ण चिकित्सक र अस्पताललाई आभार व्यक्त गर्नुभएको छ । उहाँका अनुसार करिब सात वर्षदेखि पेट दुख्ने, फुल्ने, दिसापिसाब गर्न गाह्रो हुने, असहज हुने, हिँडडुल गर्न गाह्रो हुने लगायत समस्या बढेको थियो । पेटबाट ट्युमर हटेपछि आफूलाई सहज भएको दिलमायाले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.