विकासको पर्खाइमा हिमाली क्षेत्र

विकासको पर्खाइमा हिमाली क्षेत्र

नेपालको उत्तरी छिमेकी मुलुक चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ अवधारणामार्फत विश्वसँँग आर्थिक सम्बन्ध जोड्ने अभियान चलाइरहेको छ । नेपालसँग ‘बेल्ट एन्ड रोड' इनिसिएटिभसम्बन्धी सम्झौता गरेको केही दिनभित्रै चीनले दक्षिण अमेरिकी मुलुकहरूसँग सहकार्यको हात अघि बढाइसकेको छ । बेल्ट एन्ड रोडको अवधारणासँग विश्वशक्ति राष्ट्र चीनको आफ्नै स्वार्थ जोडिएको छ ।

तर, त्यसभित्र पनि नेपालले खोज्नु पर्ने भूमिका र लिनसक्ने लाभका विषयमा समीक्षा गर्नु नै यो आलेखको मुख्य लक्ष्य हो । विदेश नीतिमा रहेका कमजोरी सुधार गर्दै चीनले ल्याएको पेटी र सडक परियोजनाबाट अधिकतम फाइदा लिने वातावरण सिर्जना गर्नु हाम्रो नेतृत्वको मुख्य दायित्व हो । बेल्ट एन्ड रोड इनिसिएटिभजस्तो ठूलो परियोजना हाम्रै छिमेकी मुलुकले निर्माण गरेर विश्वकै उदाहरणीय बन्दै गर्दा हामीले हिमालको काखमा रहेको अथाह प्राकृतिक भण्डारलाई सदुपयोग गर्ने विषयमा किन अलिकति पनि नसोच्ने ? किन थोरै मनन नगर्ने

लुकेको सम्भावना

नेपाल भौगोलिक रूपमा अत्यन्तै सुनौलो सम्भावना बोकेको मुलुक हो । तराईका फाँटबाट दुई घन्टामात्रै यात्रा गर्दा अत्यन्तै चिसो ठाउँ भेटिन्छ । तराई मधेससँगै रहेको चुरेको जंगलबाट माथि उक्लिनेबित्तिकै ठिही लाग्ने जाडो हुन्छ । पूर्वदेखि पश्चिमसम्म नै कहीँ तराईमात्रै, कहीँ पहाडी भूभागमात्रै र कतै चाँदीका लहरजस्तै हिमशृंखला । यही भौगोलिक र प्राकृतिक सम्पदाको सरोवर सागरमा उभिएको नेपालको आर्थिक विकास किन अत्यन्तै धिमा गतिमा अघि बढिरहेको छ ? भन्ने विषयमा विवेचना गर्ने बेला आइसकेको छ ।

सम्भावनाको वर्णन र बहस त धेरै भइसके । मुलुकमा यस्ता सम्भावनाहरू छन्, उस्ता सम्भावनाहरू छन् भन्ने विषयमा लामो समयदेखि छलफल भइरहेको छ । तर, ती सम्भावनाहरूलाई सम्भव बनाउने कहिले त ? अझै कति युवालाई राहदानी बोकाएर खाडी मुलुकतर्फ पठाउने ? आफूलाई चिन्ने कहिले ? हाम्रा अथाह प्राकृतिक सम्पदालाई चिन्ने र चिनाउने दिन कहिले आउला त ? यसपटकको स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका लागि जाँदा धेरै नागरिकको प्रश्न यही थियो । र, यी प्रश्न जायज छन् । मुलुक कहिले बन्ला त ? केही सम्भावनालाई सम्भव बनाउन सकिन्छ कि रोजगारीको एउटैमात्र विकल्प खाडीमात्रै हो त ? कठोर विश्लेषणको समय आएको छ ।

हो, सम्भावनालाई सम्भवमा बदल्न सकिन्छ । नेपालका तमाम युवालाई पनि स्वदेशमै रोजगार प्रदान गर्न सकिन्छ । मात्रै हामीलाई अहिले सरकारी सहयोग चाहिएको छ । दिगो सरकार र केही गर्न तम्तयार युवा शक्तिलाई बाटो खोलिदिने अगुवा चाहिएको छ ।

तराई मधेसमा उत्पादित खाद्यान्नले हिमाली क्षेत्रका नागरिकको हातमुख जोडियोस्, हिमाल र पहाडी क्षेत्रमा बनेका औषधिले तराई मधेसका नागरिकको उपचार गर्न सकियोस्, तबमात्रै जनताले वास्तविक विकास र आर्थिक समृद्धिको अनुभूति गर्न सक्छन् । आर्थिक असमानताको रेखा पनि त्यसपछि मेटिने छ ।

त्यति भए मुलुकले आगामी १० वर्षमा विकासको गति लिनसक्छ । अब प्रश्न उठ्छ, विकास गर्न त्यति सजिलो छ र ? अनि योजना कसरी बनाउने ? बजेट कहाँबाट ल्याउने ? कार्यान्वयन त अझै जटिल होला ! हो, काठमाडौंसँगै मुलुकले दैनिक १८ घन्टासम्म लोडसेडिङ भोगेको निकट अतीत हामीले भुलिसकेका छैनौं । तर, नेपाल विद्युत् प्राधिकरणले दक्ष, इमानदार र आत्मविश्वासी नेतृत्व पाउनासाथ अँध्यारो हट्यो । आशा र भरोषाको दियो पनि बल्यो । मुलुकमा अबचाहिँ केही होला भन्ने धारणा जनतामा जागृत भइसकेको छ । स्थानीय तह निर्वाचनको दोस्रो चरण आइपुग्दा मुलुक छुट्टै रौनकमा छ । यो निर्वाचनले विकासको ढोका पनि खोल्दैछ । र, आमनागरिकलाई अधिकारसम्पन्न पनि बनाउँदैछ । त्यसैले पनि आमनागरिकले स्थानीय तहको निर्वाचनलाई एउटा उत्सवकै रूपमा लिएका हुन् ।

के सिक्ने बेल्ट एन्ड रोडबाट ?

चीनले अफ्रिका हुँदै युरोपेली मुलुकसम्म जोड्ने मार्गको अवधारणा ल्यायो । त्यसअनुसार सडक पेटीमात्रै होइन, अब त हवाई र जलमार्गलाई पनि समावेश गरेर चीनले नयाँ प्रयोग गर्न खोजिरहेको छ । विशेषगरी, अफ्रिकी मुलुक हुँदै युरोपसम्म जोड्ने बेल्ट एन्ड रोड परियोजना कसैको नवीनतम सोचकै परिणाम हो । त्यसैले नेपालको हिमाली क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न त्यस्तै एउटा सोच र बहस निर्माण गर्न जरुरी छ । हिमाली क्षेत्रमा रहेका अथाह प्राकृतिक सम्पदालाई सदुपयोग गर्न सके मुलुकको अर्थतन्त्र धान्न ऋण खोजिराख्नु पर्ने स्थिति रहँदैन । हिमाली क्षेत्रलाई तीन तहको योजना बनाई विकास गर्न सकिन्छ ।

पहिलो : अल्पकालीन । यो परियोजनाअन्तर्गत नेपाल सरकारले स्थानीयवासीकै सहयोगमा हिमाली जिल्लाका सदरमुकामबाट सबैभन्दा नजिकका पर्यटकीय स्थलमा पूर्वाधारको विकास गर्नुपर्छ । यसबाट बाह्यसँगै आन्तरिक पर्यटक पनि आकर्षित हुन्छन् । होमस्टे आदिको निर्माणबाट आर्थिकोपार्जन गर्न सकिन्छ । देहाती क्षेत्रका नागरिकलाई जीविकोपार्जन गर्न सक्ने वातावरण निर्माण नै अल्पकालीन योजनामा राख्नुपर्छ ।

दोस्रो ः मध्यकालीन । यो योजनाले हिमाललाई नजिक बनाउने छ । हिमाली भेगमा रहेका हिमशृंखलाका आधार शिविरसम्म पर्यावरणीय प्रभाव नहुने गरी यातायात र अन्य भौतिक पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ । यसले नेपालको तराई मधेसतर्फ आकर्षित भइरहेको जनमासलाई हिमाली क्षेत्रमै रोक्नेछ ।
तेस्रो ः दीर्घकालीन विकास कार्यक्रम । हिमाली क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन र मुलुकबाट बाहिरिइरहेको जनशक्तिलाई रोक्नका लागि दीर्घकालीन योजना अहिल्यै निर्माण गर्नुपर्छ । व्यवस्थित आवास र सुरक्षित बस्ती निर्माण तथा विद्युत्, यातायात, सुरक्षा र स्वास्थ्य सेवाको प्रत्याभूति हुनसके बाह्रै महिना हिमाली क्षेत्र पर्यटक आवतजावतको केन्द्र बन्नसक्छ । चीनले विकट ठाउँलाई मनोरम पर्यटकीय गन्तव्य बनाएझैं नेपालमा पनि विकट हिमाली जिल्लाका मनोरम बस्तीहरू आर्थिकोपार्जनको महत्ववपूर्ण साधन बन्न सक्छन् ।

दीर्घकालीन विकासका कार्यक्रमअन्तर्गत जडीबुटी उत्पादन केन्द्र पनि पर्छ । तराई मधेसमा उत्पादित खाद्यान्नले हिमाली क्षेत्रका नागरिकको हातमुख जोडियोस्, हिमाल र पहाडी क्षेत्रमा बनेका औषधिले तराई मधेसका नागरिकको उपचार गर्न सकियोस्, तबमात्रै जनताले वास्तविक विकास र आर्थिक समृद्धिको अनुभूति गर्न सक्छन् । आर्थिक असमानताको रेखा पनि त्यसपछि मेटिनेछ ।

लगानीको बाटो

जहाँ इच्छा त्यहाँ उपाय भनेझैं पछिल्लो समय नेपालमा लगानी गर्न चीन, भारत, युरोपेली मुलुकसँगै विश्वका समृद्ध राष्ट्र अग्रसर देखिएका छन् । नेपालको हिमाली क्षेत्र जोडिएको हुनाले पनि उत्तरी छिमेकी चीनको चासो अझ बढी हुनसक्छ । त्यसैले विस्तृत परियोजना निर्माण नेपाल सरकारको पहिलो काम हो । यो कूटनीटिक सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने महत्ववपूर्ण अवसर पनि हुनसक्छ । त्यसपछि लगानीकर्ताहरू बिनाप्रचार आउने निश्चितछ । यसै पनि नेपालमा लगानी गर्न विश्वका ठूल्ठूला मुलुक प्रतीक्षारत छन् ।

शान्तिसुरक्षाको प्रत्याभूति भए चाँदीका पर्वतमुनि सुन फल्ने सहर बसाल्न धेरै समय कुर्नुपर्ने छैन । त्यहीँको परम्परागत कला र संस्कृतियुक्त हिमाली सिटी निर्माण गरी पर्यटक लोभ्याउन सकिन्छ । सरकारले मध्यपहाडी क्षेत्रका लागि लोकमार्गको अवधारणा ल्यायो । त्यो अवधारणाले पहाडी क्षेत्रको आर्थिक समृद्धिको ढोका खोलेको छ । तराई क्षेत्रको विकासमा पूर्वपश्चिम राजमार्गले आधारस्तम्भको काम गरेको छ । त्यसैले हिमाली क्षेत्रको विकासका लागि हिमाली राजमार्गको अवधारणा ल्याउनुपर्छ । यो उक्त क्षेत्रको विकासमा पहिलो खुड्किलो हुनेछ । लगानी भित्वयाउन सरकारी पहल तत्काल सुरु हुनुपर्छ । शाही सांसद एवं कांग्रेसनेत्री हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.