पशुपति र बागमती सम्बन्ध

पशुपति र बागमती सम्बन्ध

पशुपति : पशुपतिद्वारा समस्त लोक र सबैलोकमा सबै प्राणी उत्पत्ति र विलय भइरहेको छ । जीवात्माहरूलाई मुक्त गर्ने एकमात्र मोचक पशुपति नै हो ।
गंगा : गंगा सदा सेवन गर्नु पर्दछ । तीनले भोग र मोक्ष प्रदान गर्नेछिन् । उत्तम गतिको खोज गर्ने प्राणीहरूका लागि गंगा नै सर्वोत्तम गति हो ।

पशुपति महात्म्यमा उल्लेख भएअनुसार सत्य युगमा भगवान् ब्रह्माजीलाई जगत् सृष्टि कला र रचना गर्ने इच्छा प्रकट भयो । तर उहाँमा सृष्टि कला र रचना गर्ने अध्यात्म ज्ञान प्रकट हुन सकेन । जगत् सृष्टि ज्ञान प्राप्तिको लागि ब्रह्माजी शिवपुरी पर्वतमा गएर भगवान् सदा-शिवको अन्तरआत्मामा निरन्तर ध्यान गर्न लाग्नुभयो ।

पूर्ण ध्यानस्तको अवस्थामा भगवान् सदा-शिवब्रह्माजी प्रकट हुनुभयो । ब्रह्माजीको जगत् सृष्टि र रचना गर्ने इच्छा देखेर सदा-शिव जोड-जोडले हाँस्न थाल्नुभयो । हाँस्दा उहाँको नाभिमण्डलमा रहेको जलको छिटा मुखबाट बाहिर निस्कियो । त्यो जलको छिटा जमिनमा पर्नासाथ नदीको आकारमा वहन लाग्यो । यस्तो अवस्थामा ब्रह्माजीको आँखा खुल्छ र ध्यान पूर्ण हुन्छ । त्यहीबेला जगत् सृष्टि र कलाको ज्ञान पनि प्राप्त हुन्छ ।

आफ्नो तपःस्थलको छेउमा गंगा बगेको र सदा-शिव अगाडि प्रसन्न मुद्रामा उभिएको देख्दा ब्रह्माजी अति प्रसन्न हुनुभयो । यस्तो अवस्थामा तत्काल भगवान् विष्णु आफ्नो गणसहित त्यहाँ सवारी हुनुभयो । यसरी नै सम्पूर्ण ऋषिगण अन्य तपस्वीहरू त्यस स्थानमा पाल्नुभयो । सम्पूर्ण गंगाहरू पनि त्यस स्थानमा आउनुभयो । शिवगंगाको दर्शन गर्नुभयो ।

त्यस स्थानमा सम्पूर्ण देवता, ऋषिगण, गंगाहरूको अति सुन्दर भेट र मिलन देखेर भगवान् सदा-शिवले प्रसन्न हुँदै भन्नुभयो, ‘हे गंगे तिम्रो नामकरण शिवगंगा हो, फेरि तिमी मेरो मुखारबिन्दुबाट उत्पन्न भएको हुँदा तिम्रो नाम बागमती भनी विश्वमा प्रख्यात हुनेछौ । तिमी यस स्थानमा ३३ हजार वर्षसम्म रहेर पुनः स्वगंगा हुनेछौ । तिमी मेरो आदिशक्ति भएका कारण देवता, मुनष्य र असुरलाई मुक्ति दिन सक्नेछौ’ भन्दै आशीर्वाद दिनुभयो । भगवान् सदा-शिव नरसिंह स्वरूपमा यस स्थानमा निवास भएको विश्वास छ ।


पूर्ण ध्यानस्तको अवस्थामा भगवान् सदा-शिवब्रह्माजी प्रकट हुनुभयो । ब्रह्माजीको जगत् सृष्टि र रचना गर्ने इच्छा देखेर सदा-शिव जोड-जोडले हाँस्न थाल्नुभयो ।

जो मानिस श्रद्धापूर्वक बागमतीमा स्नान गर्ला उसको पाप र रोगहरू हरण हुनेछ । यस्तो दिन वैशाख १ गते थियो । अहिले पनि प्रत्येक वैशाख १ गते यस स्थानमा ठूलो संख्यामा भक्तहरूले स्नान, पूजा, जप, होम आदि पवित्र कार्य गर्दछन् । तर यहाँको पानी अहिले सुद्ध नहुँदा यसमा अवरोध परिरहेको छ । यस स्थानमा प्रद्युम्न र चन्द्रप्रभाले तपस्या गरेको उल्लेख पाइन्छ । बूढानीलकण्ठ मन्दिरको उत्तरतर्फ रहेको २७ सय मिटर उचाइमा देखिने पर्वत शिवपुरी हो । शिवपुरीमा भगवान् सदा-शिवले तपस्या गर्नु भएकोले त्यहाँ सद्रुद्रेश्वर महादेवको ठूलो ढुंगो छ । यो क्षेत्रमा नेपाली र विदेशीले भ्रमण गर्छन् । शिवपुरीको चुचुरोबाट चारै दिशातिर हिमालयको दर्शन गर्न सकिन्छ । हिमालयको दर्शन गर्नाले पाप र रोगहरू नष्ट हुन्छन् । यसै क्षेत्रबाट बगेर आएको जल सुन्दरीजल हुँदै काठमाडौंवासीहरूले पिउने गर्दछन् ।

पशुपति महात्म्यका अनुसार यसरी बागमतीको उत्पत्ति भएपछि पशुपति क्षेत्रको उत्पत्ति भएको हो । पशुपति परमेश्वरलाई बागमतीको जलले स्नान गराइन्छ । अति रुद्र पशुपति (परमेश्वर) लाई हाल बागमतीको गंगाजलले स्नान गरिँदैन । बागमती गंगामा विविध कारणले प्रदूषण बढ्दै गएकाले जल नचढेको हो । जो मुनष्यले श्रद्धाले गंगा-गंगा भनेर पुकार गर्दछ, उसको जन्म-जन्मान्तरको पाप र रोगहरू हरण हुन्छ । नेपाल विश्वकै गंगाको देश हो । विश्वका मानिस जलको मूलस्रोत हिमालयको दर्शन गर्न आउँछन् र पुण्य प्राप्त गर्दछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.