१६ वर्षे दुलाहाले ७० वर्षीया दुहली भित्र्याए !
एजेन्सी: प्राय महिलाको विवाह कम उमेरमै हुने र पुरुषको विवाह आफूभन्दा कम उमेर समूहसँग विवाह गर्ने परम्परा विश्वभर मान्दै आएको चलन हो। तर परम्परा र कानुनलाई लत्याउँदै इन्डोनेसियामा भने एक १६ वर्षीय किशोरले ७० वर्षको वृद्धा महिलासँग विवाह गरेका छन्।
उनले विवाह गरेको भिडियो सार्वजनिक भएपछि विश्वभर चर्चा कमाएको छ। गाउँवासीले सुरुमा किशोरलाई उक्त विवाह गर्न स्वीकृति दिएका थिनन्। युवकले आत्महत्या गर्ने धम्की दिएपछि गाउँबासीहरु विवाहका लागि अनुमति दिएका थिए।
तर इन्डोनेसियाको कानुनमा विवाहको लागि महिलाको उमेर १६ वर्ष र पुरुषको उमेर १९ वर्ष अनिवार्य छ। स्थानीय मिडियाका अनुसार मलेरिया रोगबाट पीडित किशोरलाई जब वृद्धा महिलाले हेरचाह गर्न थालिन् तब किशोर वृद्धा महिलाको प्रेममा परे।
दक्षिणी सुमात्राका गाउँको मुखिया सिक एनीका अनुसार किशोरको उमेर कम भएकाले अपन्जीकृत रुपमा विवाहको लागि इजाजत दिएको थियो।
उनले भनेका छन् 'अनैतिकता हुनबाट रोक्न हामीले यो विवाह गर्न अनुमति दिएका हौ।' विवाह गर्ने किशोरको नाम सलामत हो भने पत्नीको नाम रोहाया हो। उनको उमेर ७१ देखि ७५ वर्षको बीचमा रहेकोब बताइएको छ।
किशोरको बुवाको धेरै वर्ष पहिले मृत्यु भएपछि आमाले अर्कैसँग विवाह गरेकी थिइन्। यता, रोहियाको यो तेस्रो विवाह हो। पेलेमबेगमा वुमन क्राइसिस सेन्टरमा सामाजिक कार्यकर्ताको रुपमा काम गर्दै आएकी जेमी बालविवाह अभियान विरुद्ध आवाज उठाउने अभियन्ता पनि हुन्।
एक स्थानीयले भनिन्, 'किशोरको विवाह कुनै आर्थिक वा शारीरिक कारणबाट नभएर रोहियाको हेरचाहले गर्दा भएको हो।' स्थानीय सरकारी अधिकारीले भने यो विवाहलाई लिएर चिन्ता प्रकट गरेका छन्। उक सरकारी अधिकारीका अनुसार यो जोडीलाई कारबाही गर्ने विषयमा छलफल भइरहेको बीबीसीले जनाएको छ।