बेलायतसँगको सिमाना खोल्ने आयरल्याण्डको चाहना

बेलायतसँगको सिमाना खोल्ने आयरल्याण्डको चाहना

ब्राटिस्लाभ (आयरल्याण्ड) : बे्रक्जिटपछिको अवस्थामा आयरल्याण्डले बेलायतसँगको आफ्नो सिमाना खुल्ला राख्ने चाहना व्यक्त गरेको छ।बेलायतले युरोपेली सङ्घबाट बाहिरिने जनमत प्राप्त गरेपछि आयरल्याण्डको सो भनाइ आएको छ।

यद्यपी बेलायत युरोपेलियसँगबाट औपचारिक रुपमा बाहिरी सकेको भने छैन यो प्रक्रियामा नै रहेको छ।

आयरल्याण्डका विदेश मन्त्री सिमोन कोभेनीले स्लोभाकियाका समकक्षी मिरोस्लाभ लजाकसँगको शुक्रबार भएको छलफलका क्रममा सिमाना खुल्ला राख्ने चाहना व्यक्त गर्नुभएको हो।

“बेलायत र आयरल्याण्डको सिमा नाका खुल्ला गरेर आर्थिक र ब्रेक्जिटको क्षेत्र स्थापित हुनेछ भन्ने हामीलाई विश्वास छ,” कोभोनीले जोड दिनुभयो । लजाकले ब्रेक्जिट बारेको आयरल्याण्डको धारणाप्रति आभार व्यक्त गर्नु भएको छ ।

“आयरल्याण्ड र स्लोभाकियाबीच धेरै कुरा साझा छन् । हामी तुलनात्मक रुपमा अरु भन्दा धेरै साना पनि छौं, हामी एक आपसमा मिलेर समस्याको समाधान निकाल्नु पर्दछ र त्यसलाई उपलब्धिमुलक बनाउनु पर्दछ, हामी तुलनात्मक रुपमा हाम्रा धेरै विषयमा गम्भीर छौं, युरोपेली सङ्घ र विश्वले सामना गरिरहेको चुनौतीका बारेमा हाम्रो समान धारणा रहेको छ,” लजाकले भन्नुभयो ।

स्लोभाकियाका विदेश मन्त्रीले दुई देशबीचको राजनीतिक सम्बादलाई निरन्तरता दिने सहमति पनि भएको बताउनुभयो । साथै अनुसन्धान, विकास, सिपमुलक शिक्षा लगायतका विषयमा पनि दूई देशले सहकार्य गर्ने भएका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.